गंगा फियाक र शिव कुमारको लिम्बु सस्कृतिको माैलिक पालाम `स्वागेप फुङ लुङे´ को भिडियो सार्वजनिक

लिम्बु सस्कृती मुलक माैलीक लिम्बू भाषाको पालाम `स्वागेप फुङ लुङे´नामक गीतकाे म्युजिक भिडियो सेवालुङ च्यानलमा सार्वजनिक भएको छ। उक्त गीतकाे लय संकलन मन कुमार तुम्बाहाङफे र निर्मल सुब्बाकाे रहेकाेछ भने शब्द संकलन वरिष्ठ गीतकार यासेली याेङहाङकाे रहेकाेछ ।

संगीत सम्याेजन मनाेज साङ साेन राईले गरेका छन मिक्सिङ राजु कार्कीकाे रहेकाेछ । स्वर गंगा फियाक र शिव कुमार सम्बाहाम्फेकाे रहेकाेछ । यस गीतकाे अर्गानिक पालाम बिना म्युजिककाे भिडियो पनि भर्खरै शुटीङ,सम्पादन कार्य सम्पन्न भई सेवालुङ च्यानलमा सार्वजनिक भएको छ ।

पालाममा अभिनय गर्ने कलाकारहरुमा ,समाजसेवी तथा ब्यवसायी पूर्ण सेलिङ र कलाकार रुपा आङबुहाङ र कलाकार तथा समाजसेवी डम्बर ताप्मादेन र सानू लिम्बूलेको अभिनय रहेकाेछ | छायांकन निर्मल सुब्बा र अनिमेष सिहले गरेका छन भने भिडियो सम्पादन राजेन्द्र कुमार श्रेष्ठकाे रहेकाेछ । `स्वागेप फुङ लुङे´ पालाम मार्फत निर्मल सुब्बाले निर्देशनमा डेब्यु गर्नु भएकोछ ।

भिडियो हेर्नुहोस !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार