किरात याक्थुङ चुम्लुङको लिम्बु साँस्कृतिक परिषद केन्द्रीय समितिको अध्यक्षमा सागर केरुङ् निर्वाचित

धरान, किरात याक्थुङ चुम्लुङको साँस्कृतिक विभाग लिम्बु साँस्कृतिक परिषद केन्द्रीय समितिको चौंथो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । बुधबार धरानस्थित चुम्लुङ्हिममा सम्पन्न राष्ट्रिय महाधिवेशनले सागर केरुङ्लाइ निर्विरोध निर्वाचित गरेको छ ।

यसरी नै उपाध्यक्षमा भवानी विक्रम सम्बाहाम्फे, कुमार हुक्पा चोङ्बाङ् र महासचिवमा कन्चन थलङ्लाइ निर्वाचित गरेको छ ।

कोषाध्यक्षमा उदय बेघा र सदस्यहरुमा दिलु सुब्बा, चईन धोज फोम्बो, डि.आर. हाङ्सरुम्बा, बबिन आङ्देम्बे, बौधमान हुक्पा चोङ्बा र डिक बहादुर थोक्लेन् लाई निर्वाचित गरेको छ । केहि पदाधिकारी र सदस्यहरु आगामी बैठकले मनोनीत गरिने निवर्तमान अध्यक्ष गोविन्द आङ्बुङ्ले बताए

https://www.facebook.com/messengersikkim/videos/604489111811150

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार