विनोद राईले जिते भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् ।

शुक्रबार राति ललितपुरको गोदावरीमा सम्पन्न फिनालेमा टिम मिलन नेवारको प्रतिनिधित्व गर्ने विनोदले उपाधि उचालेका हुन् ।

जितसँगै विनोद २० लाख नगद पुरस्कार पाएका छन् ।

टिम राजेशपायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप भए । टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार