लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सम्पन

काठमाडौ । २ बैशाख २०८१ आइतबार । लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सकिएको छ । आइतबार याक्थुङ फिल्म्सले एक बिज्ञप्ती जारी गर्दै सार्वजनिक गरेको हो । पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका क्षेत्रमा छायांकन गरिएको चलचित्रलाई सागर केरुङ्ले लेखन/निर्देशन निर्माण गरेका हुन् ।

‘चे’ को अर्थ नेपाली भाषामा ‘लास’ भन्ने हुन्छ । लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् ? भन्ने कथामाथी बनाइएको बताइएको छ । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा (cultural heritage) भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई चलचित्रको रुपमा उतारिएको हो ।

चलचित्रमा  निर्माता इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ रहेका छन भने युवराज राइको छायांकन, बुद्धराज लिम्बुको संगीत, इन्दु फोम्बोको स्वर, अमृता जबेगुको शृङ्गार र उदय बेघाको कला निर्देशन रहेको छ ।

सागर केरुङ, बिमला खजुम, यासेली योड्ङ्गाङ्, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, नरेन्द्रराज केरुङ, पूर्ण सेलीङ्, प्रमिता लिम्बु, यलम्बर खम्बु, अभिषेक केरुङ, राजु घिमिरे, नुनाम केरुङ, कर्णहाङ् सुब्बा ताम्लिङ, प्रनेश लिम्बु थेवे, संगीत आङ्गेवा, तिर्थ मादेम्बा, सुरेन शिशिर केरुङ, याम कुरुम्बाङ्, अजित योड्या, प्रेमहाङ् केरुङ, उदय बेघा, अमृता जवेगु, जोलिना केरुङ,

तिर्थ हाड्सरुम्बा, चन्द्रकला साँवा, रत्ना लिङ्देन लावती, सोदु योङ्हाङ्, बिक्रम केरुङ पारखी, सन्जित लोवा, मिलन केरुङ, खेमराज केरुङ, बिना तुम्बापो थाम्सुहाङ, पपिन्द्र फागो, श्रीहाङ् केरुङ, अगममाया तुम्बापो केरुङ, रमन चेम्जोङ केरुङ, बुद्धराज लिम्बु, लेखनाथ रिमाल, सुरेन्द्र राइ,

मिड्सोहाङ् लोवा, मनेन्द्र केरुङ, मनकुमार आङ्देम्बे, राजकुमार केरुङ, खगेन्द्र केरुङ, रुपा राजवंशी, फुड्निमा जवेगु, टेकबहादुर केरुङ, खेसेहाङ् लोवा, आन्जुम केरुङ, मोहनकुमार केरुङ, सन्चबहादुर केरुङ, उदय केरुङ, शिवकुमार राइ, सुजन केरुङ, ज्ञानेन्द्र केरुङ, निशान लुइटेल, बीरबहादुर केरुङ लगायतको अभिनय रहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार