लोजिमाले जित्यो सर्बोकृस्ट रास्ट्रिय आदिबासी चलचित्र २०८१ को अवार्ड

काठमाडौं | लिम्बु सस्कृति मुलक चलचित्र लोजिमा ले सर्बोकृस्ट आदिबासी चलचित्रको अवार्ड रास्ट्रिय ओप्सना म्युजिक एण्ड फिल्म्स अवार्ड २०८१ ले सम्मानित भएको छ | पुर्व सूचना तथा संचार मन्त्रि पार्वत गुरुङको प्रमुख आतिथ्यमा रास्ट्रिय नाचघर जमलमा काठमाडौंमा भएको उक्त भब्य कार्यक्रम भव्य र व्यवस्थित रुपमा सम्पन्न भएको थियो | सर्बोकृस्ट आदिबासी चलचित्रको अवार्डले लोजिमा टिमको मिहेनेत लगनशीलता र प्रतिभाको कदर भएको निर्देशक सागर सुब्बाले बताउनु भयो |

जीवन्त प्रेमकथा र लिम्बू भाषा-संस्कृतिको संरक्षण एवं प्रबर्धनका लागि चलचित्रले दिन खोजेको सन्देश प्रसंसा योग्य छ l सिक्किम र पूर्वी नेपालको विभिन्न स्थानमा गरी लगभग डेढ दर्जन विशेष शो सम्पन्न भई दर्शकहरुको सकारात्मक प्रतिक्रिया र अपार माया बटुलेको ‘लोजिमा’ ले राजधानीको विशेष प्रदर्शनमा पनि दर्शकको ऐतिहासिक साथ पाएको थियो l 

लिम्बू समुदायका धार्मिक, सांस्कृतिक र परम्परात्मक रीति रिवाजसँग सम्बन्धित कतिपय महत्वपूर्ण प्रचलनहरु समेत प्रस्तुत गरिएको यो चलचित्र वियोगान्त प्रेमकथामा आधारित रहेको छ l चलचित्रमा बाध्यात्मक परिस्थितिका कारण आफ्नी प्रेमिकालाई छाडेर अर्कै युवतीसँग विवाह गरेपछि भताभुङ्ग भएको नायकको जीवन र आफ्नो प्रेमीले अर्कै केटीसँग विवाह गरेपछि विक्षिप्त बनेकी नायिकाको कारुणिक अवस्थाको बेजोड प्रस्तुति रहेको छ l

लोजिमा हेर्नुहुने अधिकांश दर्शक मलिन अनुहार लिएर कि त आँसु पुछ्दै हलबाट बाहिरिंदै गर्दा ८-९ वर्षका बालबालिका घुँक्क घुँक्क गर्दै ‘नायिकालाई बचाउन किन सकिएन ?’ भन्ने आशयका प्रश्नहरु सोधेर निर्देशक सागर सुब्बालाई बिभिन्न स्थानको दर्शकहरुले प्रश्न गर्ने गरेका छन् l

जुन दृश्य आफैंमा अकल्पनीय, अनपेक्षित र आश्चर्यजनक थियो l केहीवर्ष अघि ‘सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक अवार्ड’ पाउन सफल शेर्पा संस्कृतिमा आधारित चलचित्र ‘कुसुम’ को निर्देशन गरेर छुट्टै पहिचान स्थापित गरेका सागर सुब्बा ‘लोजिमा’ को प्रदर्शन पछि सिने वृत्तमा पुन: चर्चामा आएका छन् l उनको निर्देशकीय क्षमताको चौतर्फी प्रशंसा भईरहेको छ l

लिम्बु सस्कृति मुलक चलचित्र लोजिमा ले सर्बोकृस्ट आदिबासी चलचित्रको अवार्ड रास्ट्रिय ओप्सना म्युजिक एण्ड फिल्म्स अवार्ड २०८१ बाट सम्मानित् भएपछी निर्देशक सागर सुब्बाको उचाई अझ बढेको छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार