
लोकेन साँवा लिम्बूको निर्देशनमा तीजगीत सार्वजनिक भएको छ । ‘तीज आयो बरिलै- लै बरिलै, जतिसुकै ढल्कियोस् उमेर’ बोलको तीज गीतमा सामाजिक अभियन्ता तथा गायक रिना मल्ल गिरीले स्वर दिएकी छन् । राजधानीको धरन्तली फुट्सल एन्ड ब्याङकेट, भत्केको पुलमा यो गीतको छायाङ्कन गरिएको छ ।

यो गीत पुस्पा पौडेलको रचना र नरहरि प्रेमीको सङ्गीत रहेको छ । भिडियोमा मञ्जु दाहाल, अञ्जली गिरी र प्रेक्षा प्रजापतिले मुख्य अभिनय गरेका छन् । गीत छायाङकन उत्स्व दाहाल, सम्पादन बिकास दाहाल र कोरियोग्राफी अनुप बराइलीको रहेको छ । सम्पादन अनिलकुमार महर्जनको रहेको छ ।

यो तीज गीत गायिका रिनाले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छन् । गायिका रिना मल्ल गिरीले यसअघि मारुनी गीत, मरक्कै मर्काइ देउ कम्बरसमेतका दर्जनबढी गीत बजारमा ल्याइसकेकी छन् ।

लिम्बू समुदायमा जन्मिएर पनि लोकेनले हिन्दु संस्कारको ब्राम्हण तथा क्षेत्री समुदायमा मनाइने तीजका अवसरमा गाइने तीज गीतको निर्देशन गरेका हुन् ।
पूर्वेली लिम्बू युवा साँवाले दर्जनौ भिडियो गीत निर्देशन गरिसकेका साँवाले चलचित्र केसाङ्ला र सुगुपको पनि निर्देशन गरेका हुन् । उनले बृत्तचित्र हिलिहाङ पान्थरदेखि छ सयबढी भिडियो गीत निर्देशन गरिसकेका छन् |
तस्बिर – निर्मल सुब्बा




