
सुप्रसिद्ध निर्देशक समन अधिकारीद्वारा निर्देशित तिज गीत ‘माइतीघरको सम्झना बोकेर’ को भिडिओ सार्वजनिक भएको छ । सोमबार चलचित्र विकाश बोर्डको सभा हलमा आयोजित एक विशेष समारोहमा भिडिओको लोकार्पण गरिएको हो । ज्ञानेन्द्र गदालको शव्द, गणेश पराजुलीको सङ्गीत तथा यशोदा पराजुली, सरिता शाही र झुमा निरौलाद्वारा स्वरवद्ध यस गीतमा बलराम समालको सङ्गीत संयोजन रहेको छ ।

लोकप्रिय कलाकार शर्मिला मल्ल, ज्योति खड्का, कविता थामी लगायतका कलाकारहरुको आकर्षक नृत्य/अभिनय रहेको यस म्युजिक भिडिओका कोरियोग्राफर सुरेश पाण्डे हुन् भने हरि ढकालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको दृश्य तथा रङ्ग सम्पादन रहेको छ । भिडिओ रेस्क्यु क्रिएशनको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।
भिडिओ विमोचन समारोहमा चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डी. सी., कला क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु कृष्ण मल्ल, बुलु मुकारूङ, टीका भण्डारी, मोहन निरौला, वसन्त बित्यासी थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), अञ्जु गौतम, राधेश्याम लेकाली, सागर सुब्बा, दीपकराज पाठक, गीत तथा भिडिओसँग सम्बन्धित सर्जक-कलाकार-प्राविधिक एवं सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । बजारमा विकृत तिज गीतको बाढी आईरहेको बेला यस गीतलाई सभ्य र पर्वको मर्म अनुसारका थोरै राम्रा गीतहरुको पङ्क्तिमा राख्न सकिन्छ । म्युजिक डायरी बाट



