कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रधानमन्त्रीले भने, ‘सरकार पाँच वर्षसम्म चल्छ’

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिएर बिहीबार अपराह्न स्वदेश फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकारको गति र लक्षण सबैसामु छर्लङ्ग रहेको भन्दै यो सरकार पाँच वर्षसम्म टिक्ने बताए । उनले भने, ‘यो सरकार पाँच वर्षसम्म चल्छ । चुनाव गराउँछ र यो भन्दा बलियो भएर आउँछ ।’

नेकपाकै नेताले सरकारको आलोचना गरेकोप्रति इंगित गर्दै उनले अस्थायी कुरा र हल्लाका पछाडि नकुद्न आग्रहसमेत गरे।

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार