कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नेकपा सचिवालय वैठकमा माधव नेपालले बुझाए लिखित असहमति-पत्र, के छ असहमति पत्रमा ?

काठमाडौं, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाको कार्यभार, सञ्चालन शैली र सरकारको गतिप्रति सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालले आजको सचिवालय वैठकमा लिखित असहमति नै बुझाएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालको लिखित असहमति पत्रमाथि असोज २४ गते छलफल हुने भएको छ । सोमबार बसेको सचिवालय बैठकले एजेण्डाहरु तय गरेको हो, जसमा नेता नेपालको असहमति पत्र पनि छ ।

प्रदेश इन्चार्ज–सहइन्चार्ज र अध्यक्ष–सचिव मनोनयनप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले लिखित असहमति नै दर्ता गरेका छन् ।

सचिवालयबाट नभई स्थायी कमिटीबाट निर्णय गर्नुपर्ने, आफू र अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाश विदेश भ्रमणमा भएका बेला निर्णय गरेको र मापदण्डअनुसार पनि नभएको भन्दै नेता नेपालले महासचिवलाई असहमति पत्र दिएका थिए ।

सोमबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अमेरिका भ्रमण, अर्का अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले चीन भ्रमणबारे ब्रिफिङ गरेका छन् । साथै पर्सिको बैठकका थप एजेण्डा समेत तय गरेको छ । पर्सी सचिवालयको बैठकमा स्थायी कमिटी बैठकको एजेण्डा र मितिबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार