कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

दशैंका यात्रु चढेको बस सुनकोशी नदीमा खस्यो

सिन्धुली, २६ असोज । दशैंको यात्रु बोकेको बस सिन्धुलीको सुनकोशी गाउँपालिका अन्तर्गत वीपी राजमार्गमा पर्ने रिठ्ठेभीरबाट सुनकोशी नदीमा खसेको छ ।

काठमाडौंदेखि बर्दिबास जाँदै गरेको बस सुनकोशी नदीमा खसेको इलाका प्रहरी कार्यालय खुर्कोटले जानकारी दिएको छ ।

दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी टोली र स्थानीय पुगिसकेका छन् । स्थानीयका अनुसार सात जनाको शव देखिए पनि कतिको मृत्यु भएको हो भन्ने खुल्न बाँकी नै रहेको जनाइएको छ ।

गाडीको पाटपुर्जा टुक्रा टुक्रा भएकाले गाडी नम्बर समेत अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । बसमा कति यात्रु सवार थिए र कति हताहती भन्नेबारे जानकारी लिने काम भइरहेको बताइएको छ ।

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार