बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी
Pathibhara Channel, News portal from Nepal
Pathibhara Channel
बिहिबार, कार्तिक २२, २०७५
| November 8th, 2018 ब्रेकिंग न्युज, मुख्य समाचार, समाचार
२२ कात्तिक, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरी कथित बोक्सीको आरोपमा फेरि कुटिएकीछन् ।
राधालाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ ।
राधाले दिएको किटानी जाहेरीपछि चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता डीएसपी हरिबहादुर वलीले जानकारी दिए ।
कुटपिट गर्ने चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको डीएसपी वलीले बताए ।
कुटपिट गर्ने कालीचरणलाई मुकुली अपराध संहिंता २०७४ अन्तर्गत सजाय हुने डीएसपी वलीले जानकारी दिए ।
गत वर्ष फागुन २४ गते नारी दिवसका दिन स्थानीय भोलेबाबा भनेर चिनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै राधा चौधरीलाई निर्घाट कुटपिट गरेका थिए ।
रामबहादुरसहित उनका सहयोगी दुईजना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन् ।