कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

रवीन्द्रको निधनपछि विद्याको पहिलो सम्बोधन : तपाईहरु नभएको भए यहाँ आएर उभिन सक्दिनथेँ

पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनकी श्रीमती विद्या भट्टराईले पहिलो पटक सम्बोधन गरेकी छिन् ।

बुधबार स्वार्गिय नेता अधिकारीको श्रद्वाञ्जली सभामा छोराहरुसहित पुगेकी विद्याले पतिको तस्बिरमा फूल चढाएर केही समय मन्तव्यसमेत राखिन् । दुःखद घडीमा परिवारप्रति देखाएको माया र सम्मानका लागि सबैलाई अभार व्यक्त गरिन् । भनिन्, ‘हामी परिवारको तर्फबाट पार्टी संयन्त्र र पार्टीलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । सिंगो पार्टी, आम जनता समुदायलाई हाम्रो परिवारको तर्फबाट हजुरहरुले गर्नुभएको जुन उच्च सम्मान छ, त्यसलाई हामी परिवारले भुल्यौं भने त्यो सायद अपुरो हुन्छ भनेर म असमर्थता व्यक्त गरिरहँदा पनि आज यहाँहरुको सामु उपस्थित भएकी छु ।’

शोककी बीच सम्हालिँदै परिपक्क मन्तव्य राखेकी विद्याले देश, पार्टी र आम जनसमुदायले दिएको माया र विश्वासको कारण आफू उभिन सक्ने भएको बताइन् । भनिन्, ‘ हाम्रो परिवार आज एक्लो छैन भन्ने लागेको छ । हाम्रो परिवारसँग देश छ पार्टी छ र आम जनसमुदाय हुनुहुन्छ । त्यसैले गर्दा पनि ठाडो शिरले तपाईंहरु अगाडि आएर बोलिरहेको छु । सायद त्यो हामीले प्राप्त गरेका थिएनौं भने म यहाँ आएर यसरी बोल्न सक्दिनथें ।’

विद्याले रवीन्द्रको अभाव देशेले व्यहोरेको बताइन् । भनिन्, ‘हाम्रो परिवारले मात्रै होइन सिंगो देशले नै रवीन्द्रको अभाव व्यहोरिरहेको छ ।’

आमाबुवाको योगदानको चर्चा
विद्याले रवीन्द्रकोको आमाबुवाको योगदानको चर्चा पनि गरिन् । रवीन्द्रको राजनीतिक उचाईका लागि आमाबुवाको योगदानको जनि चर्चा गरे पनि नपुग्ने बताइन् । भनिन्, ‘रविन्द्रजीको राजनीतिक जीवनमा अलि पछि मात्र जोडिएँ । तर, रवीन्द्रजीको आमाबुबाको मायासाथ र आमाबुबाले जेठो छोरालाई राजनीतिमा होमिन दिनुभएको योगदानको म सधैं कदर गर्छु ।’

विद्याले शोक सभा कार्यक्रममा रवीन्द्रका भाइहरुले दिएको योगदानको पनि चर्चा गरिन् । भनिन्, ‘राजनीतिक परिवारको अभावलाई पुरा गर्न भाइहरुले खेलेको भूमिका, बहिनीले दाइलाई भेट्न नसक्दा पनि दिएको मायाले रवीन्द्रको उचाई बढाइरह्यो । परिवारको विश्वासले रवीन्द्रले राजनीतिक प्रगति गर्न सफल भए ।’

रवीन्द्रको जीवनमा आफू राजनीतिक कारणले नै जोडिएको उनले स्मरण गरिन् । ‘उहाँ र मेरो सम्बन्ध राजनीतिले जोड्यो । हाम्रो माया राजनीतिले जोड्यो, दुवैजना राजनीतिमा लाग्दा पारिवारिक व्यवस्थामा अफ्ठेरो पार्छ भन्ने मेरो निचोड थियो’, भनिन् ‘उहाँको राजनीतिलाई साथ दिएँ भने अब्बल निस्कनुहुन्छ भन्ने थियो । मैले आफू प्राज्ञिक क्षेत्रतिर लागेँ । उहाँ उत्कृष्ट, अब्बल र सक्षम भएर निस्कनुपर्छ भन्ने थियो । त्यो सोचलाई सबैको साथले ऊर्जा प्राप्त गरेको छ ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार