कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

त्रिभुवन विमानस्थलबाट डेढ किलो सुनसहित चार विदेशी महिला पक्राउ

काठमाडौं, ८ मंसिर । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार विमानस्थलबाट एक हजार ६ सय ग्राम सुनसहित दुई जना कम्बोडियन र दुई थाई नागरिकलाई विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका चारै जना महिला रहेको प्रहरीले जनाएको छ ।

थाई एयरबाट नेपाल आएका उनीहरुले ६ वटा चुरा र ३ पिस बिस्कुट आकारमा पाखुरामा लुकाएर ल्याएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार