कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

जापान सम्बन्धि कार्यशाला भब्य रुपमा सम्पन्न

पाथीभरा च्यानल : ललितपुर, नेपाली कामदार विश्वका विभिन्नमुलुकहरुमा रोजगारीको निमित भौतारि रहेका विद्यमान परिपेक्षमा एक आकर्षक गन्तव्यका रुपमा हेरीदै आएको मुलुक जापानले नेपालीकामदार लाने सहमतिपत्रमा दुबै देश विच हस्ताक्षर भइ सकेको छ । यहि सिलसिलालाई मध्यनजर गर्दै धेरै नेपालीयुवाहरु जापानलाई गन्तव्य बनाउदै आफ्नो शिप तथा भाषा अध्ययनमा लागेका छन । अर्का तर्फ सरकारले आफ्नो सम्पूर्ण प्रकृयाहरु तय गरी नसकेको यस अवस्थामा जापान अध्ययन तथा कामदार प्रकृया, सम्भावना, चुनौती तथा जापानको रहन सहनकार्यशैली सम्बन्धीतकार्यशाला सम्पन्नभएको छ ।


ललितपुर स्थित लगनखेलमाविगत १६ वर्षदेखि स्थापीत स्ल्यास एजुकेशन फौण्डेशनले आयोजना गरेको सो अन्तरक्रियाकार्यक्रमा CTEVT\NSTB का डेप्यूटी डाइरेक्टर टैलेन्द्र आर्चायले प्रमुख अतिथिको रुपमा बोल्दै जापान वा अन्य कुनै पनि मुलुकमाजान वा नेपालमै आत्मनिर्भर बन्न CTEVT ले खेलेको भुमिका तथा यसले ल्याएका विभिन्न सिपमुलककार्यक्रमहरु मा सामेल भइ आत्मनिर्भर बन्न सकिने बताउनु भयो ।

साथै जापानजानलाई अनिवार्य सीपमुलक तालिम लिइ आफु दक्ष वा अर्धदक्षकामदारको रुपमा आफुलाई तयार गर्नुपर्ने बताउनु भयो ।कार्यक्रममा जापानीज कन्सल्टेन्ट ताकामीची ईहाराले जापानको बस्तुस्थिति, भु–बनावट,रहनसहन र नियमकानुन सम्बन्धि प्रष्ट पार्नु भयो भने अन्य वक्ताहरु
SilverPeak Nepal का कन्ट्री डाइरेक्टर राजनकुमार राई विमलराज ज्ञावली तथाकोरियन कन्सल्टेन्ट बे हि वन ले विभिन्नविषयमामाथि छलफल गर्नु भएको थियो ।

कार्यशालामा स्ल्यास एजुकेशन फाउन्डेसनको अध्यक्ष निसेष आङदेम्बेको अध्यक्षतामा ३ घण्टा चलेको थियो |Slash Education foundation मा जापानिज तथा अन्य सिपमुलक तालिम लिइ रहेका ३५० विद्यार्थीहरु प्रत्यक्ष अन्तरकृयामा सामेल भएकाथिए ।

विगत १६ वर्ष देखि लगातार कोरियनजापानीज,जर्मन,हिब्रु लगायतकाभाषा प्रशिक्षण तथा CTEVT अन्तर्गत रहीविभिन्न १८ किसिमका सीपमुलकतालिमहरु दिइ रहेको यस संस्थाले समय समयमायस्ता विभिन्नअन्तरक्रिया सेमिनार तथा जनसरोकारका कार्यशालातथा सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।यस सम्बान्धि थप जानकारीजरु संस्थाको आधिकारीक वेब साईट www.slashintlacademy.com.np मापनि हेर्न सकिने छ ।


कार्यक्रमको अन्त्यमा संस्थागततर्फबाट EPS अन्तर्गत कोरिया प्रस्थान गर्दै गरेकोआफ्ना विद्यार्थीहरु लाई विदाई तथा मायाको चिनो प्रदानगरिनुका साथै प्रशिक्षक तथा प्रशासनिक कर्मचारीहरु लाई प्रशंसा पत्रप्रदानगरिनुका साथै best employee award प्रदान गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार