कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बागलुङमा पहिरोले पुरिएर किशोरीको मृत्यु

बागलुङ : सोमबार रातिदेखि अविरल परेको वर्षासँगै गएको पहिरोमा पुरिएर बागलुङ गलकोटमा एक किशोरीको ज्यान गएको छ। गलकोट नगरपालिका वडा नम्बर ८ ज्यामिरेमा मंगलबार बिहान घर तथा गोठ माथिबाट पहिरो झरेपछि गोठ भित्र काम गरिरहेकी १७ वर्षीया सीता गौतमको पुरिएर ज्यान गएको हो। गौतम शिव माध्यमिक विद्यालय राजबगरमा कक्षा १२ मा पढ्थिन्।

स्थानिय पिताम्बर गौतमको घर तथा गोठ माथिबाट बिहान पहिरो झरेको थियो। अन्य परिवारका सदस्य भने घरमा रहेकाले सुरक्षित रहेको गलकोट नगरपालिका वडा नम्बर ८ का वडा सदस्य पुर्णबहादुर बिकले जानकारी दिए। पहिरोमा पुरिएकी गौतमको करिब एक घण्टापछि पहिरोबाट शव निकालिएको वडा सदस्य बिकले बताए। 

गोठबाट करिब २० मिटर माथिबाट झरेको पहिरोले गोठमा रहेको एउटा लैनो भैंसी, एउटा पाडो र २ बाख्रा पुरिएका छन्। 
निरन्तर वर्षा भरहेको हुँदा गौतमको घरसमेत उच्च जोखिममा रहेको प्रहरीले जानकारी दिएको छ।

समाचार श्रोत :अर्नपूर्ण

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार