कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मेलम्चीको पाइपलाइन सफाइका क्रममा फसेका दाजु-भाइकै मृत्यु

काठमाडौं, १७ साउन । मेलम्ची खानेपानी आयोजनाको बालाजुस्थित पाइपलाइन सफाइका क्रममा दुई कामदारको ज्यान गएको छ ।

सप्तरी कनकपट्टीका सहोदर दाजुभाइ २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिएका छन् ।

सहोदर दाजुभाइ दुवैलाई चिन्ताजनक अवस्थामा बिहान साढे १० बजे उद्धार गरिएको थियो । आधा घण्टा लामो प्रयासपछि उद्धार गर्दा चिन्ताजनक अवस्थामा भेटिएका दुवैलाई उपचारका लागि पठाइएको लगतै मृत्यु भएको सिंहले जानकारी दिएका छन् ।

बालाजु चोकस्थित मेलम्ची खानेपानी खानेपानीको पाइपलाइनमा सफाइको काम गरिरहेका बेला उनीहरू फसेका थिए । कामदार पाइपलाइनमा फसेको थाहा पाउने वित्तिकै प्रहरी परिसर बालाजु बृत्तका प्रहरी उद्धारमा जुटेका थिए ।

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार