कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

अविवाहित युवक र विवाहित महिलाको गोप्य फोटो सामाजिक सञ्जालमा भाइरल, लोकलाजको डरले आत्महत्या

सोलुखुम्बु, २० साउन । सामाजिक सञ्जालमा गोप्य फोटो भाइरल भएपछि ए जोडीले आत्महत्या गरेका छन् ।

चुम्बन गरेको गोप्य फोटो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि सोलुखुम्बुका एक जोडीले आफैलाई सिध्याएर सामाजिक आलोचनाबाट मुक्त हुने गलत बाटो रोजेका हुन् । अविवाहित पुरुष र विवाहित महिलाबीचको प्रेम सम्बन्ध सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडौंको कपनमा दुबै जनाले आत्महत्या गरेका हुन् ।

सोताङ गाउँपालिकाका–४ नाम्लुङका २१ वर्षे अमिरचन्द्र नाछिरिङ अविवाहित हुन् भने माप्य दूधकोशी गाउँपालिका वाकुकी निर्मला खालिङ विवाहित हुन् । श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा भएकाले निर्मलाले अमिरसँग गोप्य सम्बन्ध राखेको र त्यो सम्बन्ध बाहिरिएपछि सँगै झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

निर्मला छोरी पढाउन केहि महिनादेखि काठमाडौं बस्दै आएकी थिइन् भने अमिर भने एक महिना अगाडिदेखि काठमाडौंमा फुपूसँग बस्दै आएको आफन्तले बताएका छन् । आइतबार साँझ ७ बजेर ३१ मिनेटको समयमा सामाजिक सञ्जाल फेसबुकमा सोताङकै भिम राई सोलु नेपाल प्रयोगकर्ता रहेको फेसबुक आइडीबाट चुम्बन गरेको दृष्य अपलोड भएको थियो ।

फोटो बाहिरिएकै कारण उनीहरुले आत्महत्या गरेका मृतकले आफन्तहरुको दावी छ । तर, भीम राई सोलु नेपालले भने फोटो अर्कै फेसबुक प्रयोगकर्ताबाट प्राप्त भएको टिप्पणी बक्समा प्रतिक्रिया दिएका छन् । उनी पनि विदेशमै छन् । घटनाबारे काठमाडौं प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको जनाएको छ ।

नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार