कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कबड्डी ३: दुई दिनकाे कमाई ३ करोड २५ लाख

कबड्डी ३ ले दुई दिनमा ३ करोड २५ लाखको व्यापार गर्न सफल भएको छ । अशोज तीन गते शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म कबड्डी कबड्डी कबड्डीले पहिलो र दोस्रो दिन दुबैमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड रोखको छ ।

यस फिल्मले रिलिजको पहलिो दिनमै एक करोड ४७ लाखको व्यापार गरेको थियो भने दोस्रो दिनमा एक करोड ७८ लाख कमाउन सफल भएको छ । पहिलो दिन भन्दा दोस्रो दिनमा ३१ लाखको व्यापार भएको छ । सामाजिक संजालमार्फत फिल्मले गरेको कमाइको बारेमा जानकारी दिएको हो । रामबाबु गुरुङ निर्देशित यस अघिका सिरिज तथा अन्य फिल्म पनि सफल छन् ।

७६ सालमा फिल्मले आसातित ब्यापार नगरेको अवस्थामा यस फिल्मले निर्मातालाई केही राहत मिल्ने पक्का छ । फिल्म हेरेका दर्शक सन्तुष्ट भएर निस्किएका छन् । राजधानी र मोफसलका अधिकांश मल्टीप्लेक्सहरुमा कब्जा जमाएको यो फिल्मले शुक्रबार क्यूएफएक्स चेनमा बिहानदेखि साँझसम्म ९५ प्रतिशतको आसपासमा अकुपेन्सी कायम गरेको थियो।

क्यूएफएक्सले आफ्नो देशभर छरिएका ९ स्टेशनमा शुक्रबारका लागि कुल ६२ सोज बाँडेको थियो । राजधानीका पाँच स्टेशनमा फिल्मलाई बाँडिएको ३८ सोज शुक्रबार सबै हाउसफुल भए । भने, मोफसलका स्टेशनमा पनि दर्शक भरिभराउ देखिए ।

शुक्रबार फिल्म हेर्न हलमा उत्रिएको भीड देखेर शनिबारका लागि क्यूएफएक्सले तीन सोज बढाएको छ । राजधानीमा सञ्चालित अन्य मल्टीप्लेक्सहरुले पनि शनिबारका लागि फिल्मको सोजमा वृद्धि गरेका छन् । एफक्यूब सिनेमाजले फिल्मलाई २ सोज बढाउँदा विग सिनेमा, सिडिसी सिनेमा र क्यूजले समान्तर १/१ सोज थपेका छन् ।

फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा। सिंह गुरुङ, शिला खनाल, मणि के राई लगायतले अभिनय गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent