कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कोरोना परीक्षण ३ हजार नाघ्यो

काठमाडौँ — नेपालमा हालसम्म ३ हजार ५ सय २४ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको ‘मिडिया ब्रिफिङ’का क्रममा प्रवक्ता डा विकास देवकोटाले मुलुकमा कोरोना परीक्षण बढिरहेको बताए ।

२४ घण्टामा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ४०१ नमुना परीक्षण भएको छ भने उपत्यका बाहिर २२९ नमुना परीक्षण गरिएको छ। प्रवक्ता देवकोटाले परीक्षणको दायरा बढाएसँगै नमुना परीक्षण बढिरहेको बताए।

शुक्रबारको अपडेटमा आइसोलेसनमा देशभरी १२५ जना रहेका छन्। काठमाडौंमा १५ जना आइसोलेसनमा छन् भने उपत्यकाबाहिर १०० जना रहेका छन्। क्‍वारेन्टाइनमा हालसम्म ८ हजार ६६० जना रहेका छन्।

आरडीटीबाट गरिने परीक्षणमा कैलालीमा ३३९ नमुना परीक्षण भएका छन् भने कञ्चनपुरमा १३७ नमुना परीक्षण गरिएको छ र सबैको रिपोर्ट नेगेटिभ नै आएको छ। कपिलवस्तुमा २१ वटा परीक्षण भएका छन् बागलुङमा १९ वटा परीक्षण भएका छन् र यी परीक्षणको नमुना पनि नेगेटिभ नै आएको छ।

अरु जिल्लामा पनि परीक्षण सुरु भएको र नतिजा र परीक्षणको संख्या आउन बाँकी रहेको प्रवक्ता देवकोटाले बताए। कोसी अस्पतालमा शुक्रबारबाट पीसीआरबाट कोरोना परीक्षण सुरु भएको बताइएको छ।

कान्तिपुर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार