
पाथिभरा च्यानल -चलचित्र निर्माता तथा समाजसेवी श्री बसन्त थेबे अहिले पितृ सोकमा परेका छन् । उहाको पिता स्व. श्री भिष्मराज थेबेको यही जेष्ठ ६ गते काठ्मान्डौको मनमोहन मेमोरियल हस्पिटलमा निधन भएको थियो । उहा लामो समयदेखी पक्षा घातले थलिनु भएको थियो ।
बि. स. १९९५ पुस १७ गते ताप्लेजुङ, सिनाममा जन्मनु भएका भिष्मराज २०२७ सालमा प्रधान पन्च तथा विद्यालय सन्चालक समिती प्रमुख हुनुभएको थियो ।
उहाकै विशेश पहलमा स्कूल, खाद्य सस्था, अस्पताल, वन कार्यलय, कृषी बिकास बैंक आदी स्थापना तथा सन्चालनमा आएका थिए । समाजसेवी एवम् राजनितिज्ञ स्व. भिष्मराज थेबेका बसन्त सहित तीन छोरा र दुइ छोरी छन् ।



