कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

भारतबाट आएका एक युवकको मृत्यु, धनुषाको जटही नाकामा तनाब

धनुषा, १४ जेठ । भारतबाट आएका एक युवकको मृत्यु भएपछि धनुषाको जटही नाका तनावब्रस्त बनेको छ ।

आफ्नो घर धनुषातर्फ आइरहेका एक युवकको आज (बुधबार) बिहान जटही नाकामा मृत्यु भएको हो । भातरबाट ट्रकमा कोचेर सीमासम्म छाडिएका ती युवक धनुषाकै शहीद नगरनगरपालिकाका हुन् ।

उनीसहित करिब २ सय नेपालीलाई भारत सरकारले एउटा ट्रकमा कोचाकोच गरेर जटही बोर्डरमा छाडिदिएको त्यहाँ आइपुगेको नेपालीले जानकारी दिएका छन् । बुधबार बिहान चाउचाउर चिउरा खाएपछि बान्ता भएको र साढे ७ बजेतिर एक्कासी ती युवकको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतमा मजदुरी गर्ने उनी ६ दिनदेखि भोको भएको र सोही कारण उनको मृत्यु भएको उनीसँगै आएका नेपालीले दाबी गरेका छन् । उनीहरुले केहीबेर स्थानीय प्रशासनविरुद्ध नाराबाजी समेत गरेका थिए ।

ती युवकको शव अहिले नाकामै छ । उनको स्वाब लिने तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् । कोरोना परीक्षणका लागि उनको स्वाब जनकपुरस्थित प्रयोगशाला पठाइने उनले बताए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार