
फिदिम न०पा० १० खलंगा बजार याङनाम पाँचथरमा तीनदिने महिला उदघोषण तालिम सम्पन भएको छ
फिदिम १० वडा कार्यलयको सहयोगमा सञ्चालित २३ जना महिला सहभागिता रहेको तालिमलाई माङ्गेना मिडिया प्रा०प्रा०लि० फिदिमले संञ्चालन गरेको थियो ।सञ्चालित समापन कार्यक्रमलाई प्रमुख ,विशेष अथिती बिरहाङ्गमा थाम्सुहाङ ,नरेन्द्र केरुङ ,अथिती हाङओजा थेगिम, गणेश साम्पाङ आदिले शुभ कामना मन्तब्य दिनु भएको थियो |

कार्यक्रमलाई मिडियाको अध्यक्ष शन्देस सुब्बाले अध्यक्षता गर्नु भएको थियो भने सचिव उपेन्द्र एक्तेनले सञ्चालन गर्नु भएको थियो । तीनदिने महिला उदघोषण तालिम बाट उदघोषण सम्बन्धी धेरै ज्ञान पाएको र आत्मबल अझ बढेको सहभागी महिलाहरुले बताउनु भयो |



