कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

चलचित्र केःसाङ्लाको लोकप्रिय गीत सार्वजनिक

गायक निर्मल सुब्बा र चलचित्रकी नायिका लक्ष्मी योङहाङको स्वरमा सजिएको गीत युट्युमार्फत सार्वजनिक भएको छ । लोकेन साँवाद्वारा निर्देशित चलचित्र केःसाङ्ला दर्शकले रुचाएको लिम्बु भाषाको चलचित्र हो |

हर्कबहादुर योङहाङ लिम्बूको रचना, अशोक राईको संगीतमा तयार भएको गीतलाई दिनेश माङ्मुले नृत्य निर्देशन गरेका थिए ।

भिडियोमा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ र साथीहरु छन् । भूपेन्द्र तुम्बाहाम्फे र अर्जुन तिवारीको छायांकन, विपिन मल्लाको सम्पादन, समरा थापा र सोम मगरातीको श्रृङ्गार रहेको गीतको भिडियोलाई सेवालुङ च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ ।

भिडियो हेर्नुहोस् !

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार