कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कोरोना संक्रमणबाट नवलपरासी पश्‍चिमका कांग्रेस उपसभापति गिरीको निधन

रुपन्देहीको भैरहवामा रहेको मेडिकल कलेजमा पित्तथैलीमा रहेको पत्थरीको उपचारका क्रममा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
गिरीको पित्तथैलीमा पत्थरी देखिएपछि अपरेसन गरिएको पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिए । छातीमा समस्या देखिएपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको पनि डाक्टर शाक्यले बताए ।

आफूलाई कोरोना पोजिटिभ देखिएकाले सम्पर्कमा आएका सबैजना होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै अस्पतालबाटै उनले फेसबुकमा स्टाटस लेखेका थिए । कोरोनाको लक्षण देखिएको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २८ गते नै भैरहवाको भीम अस्पताल रिफर गरिएको थियो । निमोनियाको लक्षणसमेत देखिन थालेपछि उनलाई परिवारले साउन ३० गते ललितपुरस्थित पाटन अस्पताल लगेका थिए ।

विजय गच्छदारको नेतृत्वमा रहेको फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष रहेका गिरी पार्टी एकीकरणपछि कांग्रेसको जिल्ला उपसभापतिमा मनोनित भएका थिए । मधेस आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका गिरी एक सफल उद्योगीका रुपमा पनि स्थापित थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार