कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

काठमाडौंको अवस्था चिन्ताजनक, काठमाडौं जिल्लामा मात्रै भेटिए ६२० संक्रमित

२४ घन्टामा काठमाडौं जिल्लामा मात्रै ६२० संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको गत २४ घन्टाको जिल्ला अनुसार पीसीआर परिक्षणको नतिजामा काठमाडौं जिल्लामा १९४ महिला र ४२६ पुरुष गरी जम्मा ६२० जनामा संक्रमण देखिएको हो ।

त्यस्तै उपत्यकामा भक्तपुर र ललितपुर जिल्ला ३८-३८ जना गरी उपत्यकामा तीन जिल्लामा आज ६ सय ९६ जना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरी रहेका प्रयोगशालामा १० हजार ७ सय १ जनाको नमूना परिक्षण गर्दा १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमित हुनेको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । गोर्खाली खबर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार