
काठमाडौं, १७ असोज । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज (शनिबार) लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।
बहराइनका राजकुमारसहितको टोलीले ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।
हिमाल आरोहण गर्न भनेर बहराइनका राजकुमारसहितको टोली गत भदौ ३१ गते काठमाडौं आएको थियो । यो टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएको छ ।
लोबुचे हिमाल आरोहणमा नेपालका शेर्पा आरोही र गाइडहरुले सघाएका थिए । यो सिजनको पहिलो आरोहण भएको जनाइएको छ । बहराइनको राजकुमारसहितको टोली करिब दुई महिना नेपालमा बस्ने छ ।



