कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

विमला वलीले रोजिन् माओवादी, लुम्बिनीमा एमालेको बहुमत नपुग्ने

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् ।

सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनले माओवादी केन्द्र रोजेकी हुन् । वलीको निर्णयसंगै ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल वहुमत गुमेको छ ।

माओवादी केन्द्रका सांसद सुदर्शन बरालले वलीले माओवादी केन्द्र रोजेपछि वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको बताए ।

वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार भने एमालेबाट निर्वाचित भएका थिए । सवारी दुर्घटनामा उनको निधन भएपछि भएको उपनिर्वाचनमा वली नेपाल कम्युनिष्ट पार्टीबाट विजयी भएकी थिइन् । वली माओवादीमा प्रवेश गरेपछि विपक्षी गठबन्धनसँग अब सभामुखसहित ४१ सांसद पुगेको छ ।

लुम्बिनी प्रदेश सभा ८१ सदस्यीय हुँदा अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ ।

प्रदेश सभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद थिए । अनलाइन खबर बाट

हेर्नुहोस् वलीको वक्तव्य

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार