कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लिम्बु भाषाको चलचित्र ‘रीत’ को छायांकन सुरु

काठमाडौं । ताप्लेजुङको सिनाममा लिम्बु भाषाको चलचित्र ‘रीत’को धमाधम छायांकन भइरहेको छ । फाल्गुनन्द लिङ्देन फिल्म्सद्वारा निर्माण गरिरहेको यो मा चलचित्रको निर्देशन दिनेश लिङदेनले गरिरहेका छन् ।

लिम्बु भाषा संस्कृतिमा आधारित चलचित्रमा लक्ष्मी योङ्हाङ, विमला खजुम, तान्छो हाङ इङ्नाम, यासेली योङ्हाङ, सागर केरुङ, रत्ना लिङ्देन, पुर्न सेलिङ, एन्जिला नेम्बाङ, नन्दु तुम्बापो, भीम थेबे, दिनेश माङ्मु, राजु घिमिरे, तेज मेन्याङ्बो, सोनु लिम्बु, नितु नेम्बाङ, एस्थर खालिङ लगायतको अभिनय छ ।

रीत मा सागर केरुङको कथा, मान तबेबुङ नाजम र अशोक लोहरुङको संगीत, सुमन तामाङको छायांकन छ । निर्देशक लिङ्देनका अनुसार फिल्म ताप्लेजुङको अलावा पाँचथर, इलाम, झापा र काठमाडौंमा पनि छायांकन गरिनेछ । चलचित्रको प्रस्तुतकर्ता विष्णु इङ्नाम हुन् । ओ एस नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार