कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरिएको छ। विवेकशील साझा पार्टीको अगुवाइमा ‘न्यायको खोजीमा निर्मलाहरू’ ब्यानरमा बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले शान्ति सुरक्षाको प्रत्याभूति दिन गृहमन्त्री र प्रहरी प्रशासन असफल भएको दाबी गरेका थिए ।...

December 29th, 2018

किरण चेम्जोङ बने माल्दिभ्समा उत्कृष्ट गोलकिपर

१४ पुस, काठमाडौं । नेपालका गोलकिपर किरणकुमार चेम्जोङले यस वर्षको ‘माल्दिभ्स फुटबल अवार्ड’ जितेका छन् । टिम नेपालको पहिलो रोजाइका गोलकिपर चेम्जोङले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड हात पारेका हुन् । टीसी स्पोर्टस्बाट खेलेका उनले उत्कृष्ठ प्रदर्शन गर्दै १६ मध्ये ११ खेलमा एक गोल हुन दिएनन्...

December 29th, 2018

बालाजुमा टिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

काठमाडौँ, १३ पुस । बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना ७ ख ७००५ नम्बरको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग...

December 28th, 2018

फागुण २४ गते प्रदशन हुने चलचित्र अदालतको पोस्टर सार्वजनिक { भिडीयो सहित }

फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.दारा निर्माण भएको नेपाली चलचित्र अदालतको पोष्टर बुधबार एक कार्यक्रमका माझ सार्वजानिक गरिएकोछ । अदालत फागुन २४ गतेबाट देश भरिका हलहरुमा प्रद्रर्शन हुने भएको छ । विशेष गरि समाजमा घटिरहेका हत्या, हिंसा, बलत्कार, अवैध धन्दा जस्ता आपराधिक एवं संवेदनशील घटनाहरुलाई मुख्य विषय बनाई निर्माण गरिएको चलचित्र...

December 27th, 2018

शिक्षकको कुटाइले छोराको मृत्यु भएको अभिभावकको आरोप, पिट्ने शिक्षक फरार

बारा — शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो । शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो...

December 27th, 2018

सुनिता थेगिम र आशा हाङ आङबोको ” आती केवा लुङवा तरेमे ” लिम्बु गीतको म्युजिक भिडीयो सार्वजनिक { भिडियो सहित }

पाथिभरा च्यानल – हाल चर्चामा रहेकि लाखौ श्रोता दर्शकहरुको ढुकढुकी बन्न सफल गायिका सुनिता थेगिम र सिक्किमका बहुप्रतिभाशाली गायक आशा हाङ आङबोको स्वर रहेको लिम्बु भाषाको गीति एल्बम लाम्दाक सेवारो गीति एल्बममा समेटिएको ” आती केवा लुङवा तरेमे ” बोलको गीतको म्युजिक भिडियो हालै पाथिभरा युटुबच्यानल मार्फत सार्वजनिक भएको...

December 26th, 2018

रवि ओडलाई जन्मदिने आमा बिर्साउने विष्ना रहिनन्

कैलाली : नेपाल आइडल दोस्रो सिजनको उपाधि जितेर घर फर्किँदै गर्दा कञ्चनपुर कृष्णनगरस्थित घरमा आमा विष्नासहित गाउँका सानीआमा ठूलीआमाहरू रवि ओडलाई स्वागत गर्न घरबाहिर लहरै उभिएका थिए। घर पुगेका आमाहरूको फूलमाला र अबिर ग्रहण गरेपछि उनले विष्नालाई देखाउँदै भनेका थिए- ‘उहाँ चाहिँ मेरो मम्मी।’ रविकी आमा विष्ना हर्षका आँसु...

December 26th, 2018

दिन प्रतिदिन डिसहोमको लोकप्रियता बढ्दो क्रममा

नेपालको एक मात्र स्याटेलाईट प्रविधिमा आधारित डि. टि. एच., डिशहोम आज नेपाली जनमानसमा एक लोकप्रिय पहिचानको रुपमा स्थापित भईसकेको छ । ई.स. २००९ मा नेपाल सरकार सुचना तथा सन्चार मन्त्रालयबाट संचालन अनुमति प्राप्त गरि ई. स. २०१० देखि व्यापारिक रुपमा विक्री वितरण सुरु गरेको यस डिशहोमले नेपालको डिजिटल पे...

December 25th, 2018

आज क्रिसमसडे, विविध कार्यक्रम धुमधाम संग गरी मनाइँदै

१० पुस, काठमाडौं । आज २५ डिसेम्बर अर्थात् क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव । क्रिसमसडेका रुपमा विविध कार्यक्रम गरी मनाइँदैछ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको उनका...

December 25th, 2018

दशगजामा भारतीय पक्षद्वारा सडक निर्माण

मोरङ — जहदा गाउँपालिका-१ कालाबञ्जरस्थित दशगजामा भारतीय पक्षले सडक निर्माण थालेको छ । भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत-४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा १ किलोमिटर सडक निर्माण गरिएको हो । विधायक मनचन केसरीको विधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको स्थानीय उमेश सदायले बताए। दशगजामा रहेको १७४/२...

December 24th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |