कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

‘निर्मलाका हत्यारा पत्ता लगाए प्रहरी प्रमुख खनाललाई ५० किलोको माला’

काठमाडों, १९ असोज । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्याको घटना अझै पेचिलो बनिरहेको छ । घटनाका दोषी पत्ता लगाउनु पर्ने नागरिकको दवाव र पटक–पटकको अनुसन्धान र छानविन फेल खाइरहेका बेला प्रहरीका लागि समेत निर्मला पन्त हत्याको घटना टाउको दुखाइको विषय बनिरहेको छ । यसै सन्दर्भमा अखिल...

October 5th, 2018

नागढुङ्गा-खानीखोलाको जाम व्यवस्थित गर्न सिक्रेखोलामा प्रहरी चौकी

काठमाडौँ, १९ असोज । नागढुङ्गा-खानीखोलामा सडक खण्डमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । चाडबाड नजिकिएसँगै नाकामा हुने चोरी नियन्त्रण र सवारी जामलाई कम गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय धादिङको सहकार्यमा धादिङ र काठमाडौँको नाका सिक्रेखोलामा अस्थायी प्रहरी चौकी स्थापना...

October 5th, 2018

प्रधानमन्त्रीले भने, ‘सरकार पाँच वर्षसम्म चल्छ’

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिएर बिहीबार अपराह्न स्वदेश फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकारको गति र लक्षण सबैसामु छर्लङ्ग रहेको भन्दै यो सरकार पाँच वर्षसम्म टिक्ने बताए । उनले भने, ‘यो...

October 4th, 2018

‘भद्रगोल’मा दिपक, दीपा र ‘माग्ने बुढा’

नेपाल टेलिभिजनबाट शुक्रबार प्रशारण हुदै आएको हास्य सिरियल ‘भद्रगोल’मा यसपटक दर्शकले फरक प्रस्तुति हेर्न पाउनेछन् । हास्य सिरियल ‘तितो सत्य’पछि हास्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौला चलचित्र निर्माणमा लागेका थिए । यसपछि, उनीहरु टेलिभिजनको सिरियलमा देखिएका छैनन् । तर, यसपटक भने उनीहरुलाई दर्शकले ‘भद्रगोल’मा देख्न पाउनेछन् ।...

October 4th, 2018

गोठाटारबाट ७ वर्षे बालक अपहरित, कुट्दै हालियो गाडीमा

काठमाडौं, १७ असोज । काठमाडौंबाट फेरि अर्का बालकको अपहरण भएको छ । काठमाडौं गोठाटारबाट ७ वर्षीय बालक अपहरणमा परेको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको तेजविनायक चोकबाट उनी बुधबार अपहरणमा परेका हुन् । अपहरणकारीले उनलाई ट्याक्सीमा राखेर लगेको प्रत्यक्षदर्शीले जानकारी दिएको प्रहरीले बताएको छ । प्रहरीले भनेको...

October 3rd, 2018

कतार जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण र करारपत्र हस्ताक्षर अब नेपालमै

काठमाडौँ — कतार पुगेपछि हुने गरेको नेपाली कामदारको स्वास्थ्य परीक्षण र करारपत्रमा हस्ताक्षर अब काठमाडौंमै हुने भएको छ । कतार सरकारले काठमाडौंमा नै श्रम, गृह र स्वास्थ्य मन्त्रालयको संयन्त्र स्थापना गरेर यी सेवा दिन लागेको हो । यो व्यवस्थापछि नेपाली कामदारको करारपत्र अब उता पुगेर परिवर्तन हुने समस्या हट्नेछ...

October 2nd, 2018

प्रहरीमा सात हजार २५६ जनाकाे भर्ना खुल्ला, यी ठाउँमा बुझाउन सकिन्छ फाराम

काठमाडौं, १५ असोज । के प्रहरी सेवामा रहेर देश र समाजको सेवा गर्ने मन छ ? यदि यसो हो भने तपाईलाई प्रहरी सेवामा प्रवेश गर्ने अवसर जुटेको छ । फाइल फोटो नेपाल प्रहरीले सात हजार २५६ रिक्त दरबन्दीमा भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना...

October 1st, 2018

डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

१४ असोज, डडेल्धुरा । डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको भित्रीमधेशमा पर्ने पशुराम नगरपालिकाकी एक किशोरीलाई स्थानीय २ युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । असोज ९ गते राति अनन्ते मेलाबाट घर आउने क्रममा पशुराम नगरपालिका–४, पोखरी बस्ने अन्दाजी २८ वर्र्षीय वीरबहादुर...

September 30th, 2018

निर्मलाको न्यायको लागि फेरी प्रर्दशन : सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ ?

काठमाडौँ, १३ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका लागि न्याय माग्दै राजधानीमा प्रदर्शन भएको छ । पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारवाहीको माग गर्दै शनिबार माइतीघरमा स्वतस्फूर्त रुपमा प्रदर्शन भएको हो । उनीहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न...

September 29th, 2018

पुर्णिमा लामा र मान कुलुङको सफल रहोस गीतको म्युजिक भिडियो सार्बजनिक

गायिका पुर्णिमा लामा र गायक मान बहादुर कुलुङको सफल रहोस गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ | हालको व्यस्त निर्देशक रिबेल नुमिहाङ राई दारा निर्देशन गरिएको उक्त म्युजिक भिडीयो कलाकारहरुमा राज कुलुङ करुणा कुलुङ मनिता कुलुङ बिक्की बिन्दासको अभिनय रहेको छ | त्यस्तै संगीतमा छितिज अलंकार शब्द सुमिना...

September 28th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent