कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

गोठाटारबाट ७ वर्षे बालक अपहरित, कुट्दै हालियो गाडीमा

काठमाडौं, १७ असोज । काठमाडौंबाट फेरि अर्का बालकको अपहरण भएको छ । काठमाडौं गोठाटारबाट ७ वर्षीय बालक अपहरणमा परेको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको तेजविनायक चोकबाट उनी बुधबार अपहरणमा परेका हुन् । अपहरणकारीले उनलाई ट्याक्सीमा राखेर लगेको प्रत्यक्षदर्शीले जानकारी दिएको प्रहरीले बताएको छ । प्रहरीले भनेको...

October 3rd, 2018

कतार जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण र करारपत्र हस्ताक्षर अब नेपालमै

काठमाडौँ — कतार पुगेपछि हुने गरेको नेपाली कामदारको स्वास्थ्य परीक्षण र करारपत्रमा हस्ताक्षर अब काठमाडौंमै हुने भएको छ । कतार सरकारले काठमाडौंमा नै श्रम, गृह र स्वास्थ्य मन्त्रालयको संयन्त्र स्थापना गरेर यी सेवा दिन लागेको हो । यो व्यवस्थापछि नेपाली कामदारको करारपत्र अब उता पुगेर परिवर्तन हुने समस्या हट्नेछ...

October 2nd, 2018

प्रहरीमा सात हजार २५६ जनाकाे भर्ना खुल्ला, यी ठाउँमा बुझाउन सकिन्छ फाराम

काठमाडौं, १५ असोज । के प्रहरी सेवामा रहेर देश र समाजको सेवा गर्ने मन छ ? यदि यसो हो भने तपाईलाई प्रहरी सेवामा प्रवेश गर्ने अवसर जुटेको छ । फाइल फोटो नेपाल प्रहरीले सात हजार २५६ रिक्त दरबन्दीमा भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना...

October 1st, 2018

डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

१४ असोज, डडेल्धुरा । डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको भित्रीमधेशमा पर्ने पशुराम नगरपालिकाकी एक किशोरीलाई स्थानीय २ युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । असोज ९ गते राति अनन्ते मेलाबाट घर आउने क्रममा पशुराम नगरपालिका–४, पोखरी बस्ने अन्दाजी २८ वर्र्षीय वीरबहादुर...

September 30th, 2018

निर्मलाको न्यायको लागि फेरी प्रर्दशन : सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ ?

काठमाडौँ, १३ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका लागि न्याय माग्दै राजधानीमा प्रदर्शन भएको छ । पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारवाहीको माग गर्दै शनिबार माइतीघरमा स्वतस्फूर्त रुपमा प्रदर्शन भएको हो । उनीहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न...

September 29th, 2018

ओली-प्रचण्डसँग माधव नेपाल रुष्ट, दुबै अध्यक्ष नभएको बेला बोलाए छुट्टै भेला

काठमाडौं, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कायशैलीप्रति वरिष्ठ नेता माधवकुमार नेपाल निकै रुष्ट देखिएका छन् । नेता नेपालले पछिल्लो समय पार्टी र सरकार सञ्चालन शैलीप्रति खुलेर आफ्ना असहमति राख्दै आएका छन् । पार्टी नेतृत्वसँग रुष्ट देखिएका नेता नेपालले...

September 28th, 2018

दशैंका लागि हवाई टिकटः नेपाल एयरलाइन्समा सकियो, निजीमा पनि चाप

दशैंका लागि टिकट काट्न मान्छे आउँदैनन् ? भन्ने प्रश्नमा निगमका एक कर्मचारीले भने, ‘बिहान १० बजे अगाडि र दिउँसो २ बजेपछि अलिअलि आउँछन् । नत्र यस्तै हो ।’ सेवाग्राहीको भीड नलाग्नुको कारण भने टिकट अभाव रहेछ । दशैंका लागि शतप्रतिशत टिकट बिक्री भइसकेको कार्यालयका म्यानेजर एसबी पन्तले जानकारी दिए...

September 27th, 2018

१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, छिमेकी पक्राउ

१० असोज, पोखरा । पोखरामा सोमबार मृत भेटिएकी १० बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । हत्यामा संलग्न छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा-२२ पुम्दीभुम्दीको कोदीकी बालिका श्रेया बिकको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित आधा दर्जन पक्राउ परेका हुन् । ‘पौडेलसहित अरु पनि एक/दुई...

September 26th, 2018

कञ्चनपुर घटनाको छानबिन प्रतिवेदन बुझाइयाे

९ असोज, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिले मंगलबार गृहमन्त्रीलाई विस्तृत प्रतिवेदन बुझाएको छ । यद्यपि, प्रतिवेदनमा समेटिएका विषयलाई गुपचुपमै राखिएको छ । मंगलबार गृहमन्त्रालयमा समितिका संयोजक सह–सचिव हरिप्रसाद मैनालीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएका हुन् ।...

September 25th, 2018

बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

९ असोज, नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड र छुरा प्रहार गरेका छन् । स्थानीय ३६ वर्षीय खले विक भन्ने विमल श्रीपालीले हरबासीकै ३० वर्षीया बसन्ती परियारलाई एसिड र छुरा प्रहार गरेका हुन् । उनीहरु दुवै विवाहित...

September 25th, 2018