कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

गायक कुमार सुब्बाको निधन

काठमाडौं । नेपाली मूलका भारतीय गायक कुमार सुब्बाको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतको सिलिगुडीमा उपचारका क्रममा गायक सुब्बाको शनिबार बिहान निधन भएको हो । केही समयदेखि गम्भीर बिरामी रहेका उनको सिलिगुडीमा उपचार भइरहेको थियो । दार्जिलिङ मूल घर पनि उनी केही वर्षयता सिलुगुडी बस्दै आएका थिए ।...

January 16th, 2022

नेपालमा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण

काठमाडौँ, ३० पुस। आज नेपालमा कोरोना भाइरसका ५ हजार ८७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४५ हजार ५०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ३०६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १५ हजार ६ सय ५३ जना...

January 14th, 2022

नारायणहिटीमा बतास समूह : ठेक्कामै मिलेमतो, अनुमति नलिई १४ रोपनीमा रेस्टुरेन्ट

काठमाडौं । बतास समूहलाई क्याफ्टेरिया सञ्चालनका लागि नारायणहिटी दरबार संग्रहालय क्षेत्रको जग्गा भाडामा दिइएको विषयमा छानबिन गर्न गठित समितिले ठेक्का प्रक्रियामै मिलेमतो भएको निष्कर्ष निकालेको छ । समितिले आज पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको प्रतिवेदनमा क्यान्टिन क्षेत्रको स्पष्ट सीमांकन समेत नभएको उल्लेख गरेको छ । बतास समूहले बढी क्षेत्र ओगटेर संरचना...

January 10th, 2022

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका...

January 9th, 2022

नारायणहिटीभित्र बतास समूहले बनाएको कफी हाउस भत्काइयो

नारायणहिटी दरबारभित्र बतास समूहले बनाएको कफी हाउससहितको संरचना शुक्रबार दिउँसो भत्काइएको छ। नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले उक्त संरचना भत्काएको हो।  नारायणहिटी दरबार संग्रहालयका शाखा अधिकृत बुद्धि तामाङले त्यहाँ निर्मित कफी हाउससहितका संरचना भत्काइएको बताएका छन्।  ‘यहाँ बनाइएका कफी हाउससहितका संरचना सबै भत्काइएको...

January 7th, 2022

दिनहुँ बढ्न थाल्यो कोरोना संक्रमण : उपत्यकामा ३७८ सहित एकै दिन थपिए ९६८ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेनबाट थपिएको तथ्यांक २२ र २३ गतेको संयुक्त हो ।...

January 7th, 2022

राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनित

काठमाडौं। राप्रपाको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनित गरिएको छ। पार्टीको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार २० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार याे पहिलाे चरणकाे मनाेनयन हाे। राप्रपा केन्द्रीय सदस्यमा को को मनोनित भए ? १. दिपक बोहरा, रुपन्देही २. हरिबहादुर...

January 4th, 2022

साहित्यकारद्वय विमला तुम्खेवा र भगिराज इङ्नामअनुप लिङदेन स्मृति प्रतिष्ठानद्धारा सम्मानित

काठमाडौँ- साहित्यकार तथा पत्रकार विमला तुम्खेवा अनुप लिङ्देन स्मृति प्रतिष्ठान सम्मानबाट पुरस्कृत भएकी छिन् । आईतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा तुम्खेवासँगै मदन पुरस्कार विजेता इतिहासकार तथा साहित्यकार भगिराज इङ्नामलाई पनि सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अथिति राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले स्वार्गीय अनुप लिङ्देन लिम्बु...

January 3rd, 2022

जेलमा रहेका रेशम चौधरीले श्रीमतीलाई अध्यक्ष बनाएर दल दर्ता, यस्तो राखे पार्टीको नाम

काठमाडौ । डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले श्रीमतीलाई अध्यक्ष बनाएर नयाँ दल दर्ता गरेका छन् । झाँकी सहित पुगेको एक टोलीले निर्वाचन कार्यालयमा दल दर्ता गरेको हो । चौधरीले सोमबार श्रीमती श्रेष्ठ रञ्जिताको अध्यक्षतामा नयाँ दल दर्ता गरेका हुन् । उनको पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी राखेका छन्...

January 3rd, 2022

माओवादी केन्द्रको तीन वटै आयोगमा पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले तीन आयोगमा पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी दिएको छ । आइतबार ढिलोगरी शुरु भएको बन्द सत्रले विधान अनुसारका तीन आयोगमा पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी दिने निणर्य गरेको हो । बन्दसत्र सञ्चालन गर्दै नेता गणेश साहले अनुशासन आयोगको अध्यक्षमा टंक राई, लेखा आयोगको अध्यक्षमा पेशल...

January 2nd, 2022