कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

मेलम्चीको पाइप फुट्दा डुवानमा पर्‍यो बबरमहल, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्र डुवानमा परेको छ । मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र डुवानमा परेको हो । दिउँसो २ बजे आसपासमा पाइप फुटेपछि बबरमहलको जिल्ला अदालत,विषेश अदालत परिसर डुवानमा परेको हो । यस्तै, विशेष अदालत र काठमाडौं जिल्ला अदालतको पुरानो भवनको भुइँतला पानीले डुबाएको छ । बाढीका...

February 12th, 2025

एलिना र विष्णुको सम्बन्ध विच्छेद, अदालतबाट टुंगियो मुद्दा

गायिका एलिना चौहान र विष्णु सापकोटाबीचको  वैवाहिकसम्बन्ध कानुनी रुपमै टुंगिएको छ। मंगलबार जिल्ला अदालत काठमाडौँमा एलिना र विष्णुका परिवार उपस्थित भएर सम्बन्ध विच्छेद पत्रमा हस्ताक्षर गरेसँगै उनीहरू सम्बन्ध विच्छेद भएको हो।    सम्बन्ध विच्छेदका लागि एलिनाले केहीदिन पहिले नै अदालतमा निवेदन दिएकी थिइन्। मंगलबार दुवै पक्ष अदालतमा उपस्थित भए पनि अष्ट्रेलियामा रहेका...

February 11th, 2025

मुकुम्लुङ पाथीभरामा ‘नो केबलकार’ पक्षद्वारा फेरि आन्दोलन घोषणा

मुकुम्लुङ पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै आएका संघसंस्था र राजनीतिक दलले फेरि आन्दोलनको घोषणा गरेका छन्। वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै उनीहरूले आन्दोलनको घोषणा गरेका हुन्। उनीहरूले सोमबार पत्रकार सम्मेलन गरी माघ २९ गतेदेखि आन्दोलन गर्ने जनाएका छन्। पाथीभरामा केबलकार निर्माण शुरू भएपछि उनीहरूले विरोध जनाएका...

February 10th, 2025

माओवादीमा नन्दबहादुर पुनले पाए ‘विशेष’ जिम्मेवारी

माओवादीले पूर्वउपरराष्ट्रपति नन्दबहादुर पुनलाई विशेष जिम्मेवारी दिएको छ। माओवादीले आइतबार पठाएको आन्तरिक परिपत्रमा ‘विशेष जिम्मेवारी’ शीर्षक द‍िएर नन्दबहादुरलाई आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज तोकिएको छ।  नौ वर्षपछि माओवादीको सक्रिय राजनीतिमा फर्किएका पुनको विशेष  जिम्मेवारी भनेको के भन्ने अझै खुलाइएको छैन। यद्यपि, नेताहरूका अनुसार उनलाई पार्टी उपाध्यक्ष बनाउने सहमति भइसकेको छ।

February 9th, 2025

६ बुँदे सहमतिपछि पाथीभरा केबलकार आन्दोलन स्थगित

काठमाडौं – पाथीभरा केबलकार आन्दोलन स्थगन भएको छ। मंगलबार राति संघर्ष समिति सरकारबीच ६ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। पाथीभरा संघर्ष समितिसँग माघ २७ गते बस्ने अर्को वार्ताले त्यहाँका असहमतिलगायत विषयको टुंगो लगाउने बताइएको छ। गृह मन्त्रालयले गठन गरेको वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईका अनुसार राति काठमाडौंमा...

February 5th, 2025

दमक र धरानमा १० जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

झापाको दमकमा प्रहरी र बन्दकर्ताबीच झडप भएको छ। आन्दोलनरत पक्षले सगरमाथा यातायातमा ढुङ्गा हानेर तोडफोड गर्न थालेपछि प्रहरी र बन्दकर्ताबीच झडप भएको हो। बन्दकर्ताले दुई वटा सवारी साधनमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। आन्दोलनरत पक्षले गाडीमा तोडफोड गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच...

February 2nd, 2025

रबिनकुमार नाल्बो याक्थुङ मुन्चइत चोक सयङ हङकङको अध्यक्षमा निर्वाचित

याक्थुङ मुन्चइत् चोक् सयङ हङकङको प्रथम अधिवेशन सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ हङकङको भवनमा सम्पन्न उक्त अधिवेशनबाट सयङको अध्यक्षमा रबिनकुमार नाल्बो सर्वसम्मत चयन भएका छन् ।व्यवसायीसमेत रहेका नवनिर्वाचित नाल्बो चलचित्र निर्माता तथा समाजसेवीसमेत हुन् । यस्तै सयङको वरिष्ठ उपाध्यक्षमा भबेन्द्र थाम्सुहाङ, उपाध्यक्षमा भिम प्रसाद तुम्बाहङ्फे, महासचिवमा हाङ...

January 30th, 2025

क्रान्तिकारीका नव निर्वाचित नेताहरुलाई खुमलटार बोलाएर के भने प्रचण्डले ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढङ्गले प्रयोग हुनुपर्ने बताएका छन् । अखिल (क्रान्तिकारी) का नव निर्वाचित पदाधिकारीहरुले आज उनको निवास खुमलटारमा गरेको भेटमा अध्यक्ष दाहालले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके...

January 30th, 2025

ताप्लेजुङको मुक्कुम्लुङ केवलकार खारेजीको माग गर्दै मेची राजमार्ग र तमोर करिडोर अनिश्चितकालीन बन्द

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार खारेजीको माग गर्दै आह्वान गरिएको मेची राजमार्ग बन्दका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ। मंगलबार बिहानदेखि सुरु भएको बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन ठप्प भएको छ। बन्दको प्रत्यक्ष असर ताप्लेजुङ, पाँचथर, धनकुटा र इलामका जिल्लामा परेको छ। मेची...

January 28th, 2025

संसदीय दलको वैठकमा प्रधानमन्त्री ओली : ८४ मंसिरमा चाँहि सरकार ढल्छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार २०८४ मंसिरसम्म चल्ने बताएका छन् । आज (मंगलबार) पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपयले नेपाल श्रीलङ्काका बन्ने कुरा गरेको त कतिपयले बङ्गलादेशको कुरा गरे पनि त्यो सम्भावना नरहेको बताए । उनले लोकतान्त्रिक र संवैधानिक...

January 28th, 2025