कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लिम्बू भाषाको चलचित्र ‘चे’ ले जित्यो उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकको अवार्ड

 ,काठमाडौँ

पाँचौ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८२’ मा याक्थुङ लिम्बू भाषिक चलचित्र ‘चे’ ले उत्कृष्ट चलचित्र अवार्ड सहित उत्कृष्ट निर्देशक को अवार्ड हात पारेको छ।

२०८२ साल असार ६ देखि ८ गतेसम्म सञ्चालन भएको ३ दिने महोत्सवमा चलचित्र “चे” कै निर्देशक सागर केरुङले ‘उत्कृष्ट चलचित्र निर्देशक अवार्ड’ जितेका हुन । महोत्सव विभिन्न भाषा गरि करिब ३ दर्जन चलचित्र हरु सहभागी थिए।

बर्तमान राजनीतिक परिवेशले आदिवासी समाधिस्थल माथीको आक्रमण लाई बिषयबस्तु बनाईएको लिम्बु चलचित्र ‘चे’ अगस्ट १७ मा हङ्कङ र कोरियामा प्रदर्शन हुने लेखक तथा निर्देशक सागर केरुङ ले बताए ।


आदिवासी जनजाति चलचित्रको
पहिलो संस्करण – २०७४ / 2017 मा चलचित्र ‘लोम्बा’ मगर भाषाको चलचित्रले उत्कृष्ट अवार्ड जितेको थियो भने क्रमश दोस्रो संस्करण – २०७५ / 2018 चलचित्र ‘यारी’ राई, तेस्रो संस्करण २०७६ / 2019 चलचित्र ‘के’ लिम्बू ,चौथो संस्करण – २०८१ / 2024 चलचित्र ‘रोश’ ,मगर , र
पाँचौ संस्करण २०८२/2025 चलचित्र ‘चे’
लिम्बू भाषाको चलचित्रले उत्कृष्ट अवार्ड प्राप्त गरेको छ।

तीन दिन सम्म चलेको महोत्सवको पहिलो नेपाल सरकारका रक्षामन्त्री मानबिर राईको आतिथ्यतामा समुदघाटन गरिएको थियो।
सोहि दिन चलचित्र निर्देशक नवीन सुब्बा र निर्देशक राजकुमार राई लाई सम्मान गरिएको थियो । राष्ट्रिय चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसिले शुभकामना को क्रममा चलचित्र क्षेत्रको नीति तथा कानुनमा आदिवासी भन्ने शब्दै हटाएको र यसबारे सदनमा कडा रुपले बिषय उठान गर्ने प्रतिवद्वता ब्यक्त गरे ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार