समाचार

पाण्डेको कालिका कन्स्ट्रक्सनको कार्यालयमा बम विस्फोट

नेपालगन्ज–कालिका कन्स्ट्रक्सन प्रालिको क्षेत्रीय कार्यालयमा बम विष्फोट भएको छ  । गएराती बाँकेको शम्शेरगन्जमा रहेको कन्स्ट्रक्सन कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएका हुन् ।  कालिका कन्ट्रक्सन राप्रपा नेता विक्रम पाण्डेको लगानीको  निर्माण कम्पनी हो । उक्त कम्पनीको सिन्धुली कार्यालयमा पनि केहि पहिले अज्ञात समूहले नै विस्फोट गराएको थियो । गएराती...

May 5th, 2018

गाडी नचलाउने व्यावसायी विरुद्ध मुद्दा चलाउने सरकारको तयारी

काठमाडौं २१ वैशाख: यातायात व्यावसायीहरुले सरकारले गरेको सिन्डिकेको खारेजीको विरोध गर्दै आजबाट आन्दोलन सुरु गरेका छन् । तर, सरकारले भने यातायात नचलाए कारबाही गर्ने चेतावनी दिएका छन् । सिन्डिकेटको पक्षमा दबाब दिन यातायात व्यवसायी महासंघ सम्बद्धका समितिहरूको सवारी साधन ठप्प पारेका छन् । देश भरका शहरको जनजीवन प्रभावित बनेको छ...

May 4th, 2018

सिन्डिकेट तोड्न निजी गाडीले दिँदै छन् ‘लिफ्ट’ !

काठमाडौँ — सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । सिन्डिकेट पक्षधर यातायात समितिका बसहरु आज उपत्यकाका सडक गुडेका छैनन् । सिमित मात्रमा मात्रै सार्वजनिक गाडी गुडेकाले यात्रुहरुले दु:ख पाइरहेका छन्। प्रकाशित : वैशाख २१, २०७५ ०९:३० बिहान अफिस तथा कलेज जान निस्केका यात्रुहरु...

May 4th, 2018

‘रामकहानी’को गीतमा यस्तो देखियो पूजा र आकाशको केमिस्ट्री

 आफ्नो जन्मदिन पारेर अभिनेत्री पूजा शर्माको जन्मदिन पारेर उनले आफ्नो आगामी फिल्म ‘रामकहानी’को पहिलो गीत सार्वजनिक गरेकी छन्। फिल्मको ‘तिम्रो लागि म छु…’ बोलको गीतमा उनले राजधानीमा एक कार्यक्रम गर्दे सार्वजनिक गरेकी हुन्। सार्वजनिक गीतमा पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल र विल्सनविक्रम राईको नृत्य देख्न सकिन्छ ।...

May 1st, 2018

अज्ञात समूहले किशानले रोपेको केराका ३१ सय बोट काटेर सखाप पारे

 पाथिभरा च्यानल — पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीमा किसानले लगाएको केराका ३१ सय बोट काटेर ठूटो पारिएका छन् । केराको बोट कसले काटेको हो भन्ने खुल्न नसकेको पीडितले बताएका छन् । सोमबार उज्यालो हुँदा केराका बोटहरु काटिएका अवस्थामा भेटिएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए ।...

May 1st, 2018

उपहार दिइएका गैंडाबारे सरकार बेखबर

काठमाडौँ — सरकारले छिमेकी मुलुक चीनलाई पहिलो पटक दुई जोडी एकसिंगे गैंडा उपहार दिने अन्तिम तयारी गरेको छ । गैंडाको मुख्य ‘हब’ चितवन निकुञ्जमा चीनलाई उपहारस्वरूप दिइने गैंडा समात्ने काम सुरु गरिएको छ ।   करिब १३ वर्षको अन्तरपछि सरकारले छिमेकी मुलुकलाई गैंडा उपहार दिन लागेको हो। यसअघि पनि विभिन्न मुलुकलाई...

April 30th, 2018

पत्नीको शव बोरामा, फरार पति लुकेको अवस्थामा पक्राउ

बर्दिबासः पत्नी हत्याको आरोपमा प्रहरीले एकजना पतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी नगरपालिका–२ बरदहाका ३२ वर्षीय शिवशंकर दास रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरका एसपी कुवेर कडायतले जनाए । चैत्र १९ गतेदेखि घरबाटै हराइरहेकी शिवशंकरकी २५ वर्षीया पत्नी पुनम देवी दासको शव बोरमा बाँधेर फालेको अवस्थामा २१ गते...

April 29th, 2018

एफ एल एफ अवार्ड प्राप्त गरेपछि मेरो जिम्मेवारी अझ बढेको छ | गायक निर्मल सुब्बा

 पछिल्लो समय  लिम्बु भाषाको गीत  तरेमे चासाेक तङनाम अाे चुमिराे… बाेलकाे गीत बाट गायक निर्मल सुब्बाले दर्शक श्रोताको मन जितेका छन् | उक्त गीत फाल्गुनन्द फिल्मस दारा आयोजित एफ एल एफ अवार्डमा उत्कृष्ट सांस्कृतिक भेषभुशा अवार्ड प्राप्त गरेको छ |साथै  नेशनल पावर न्युज मिडियाले अायाेजना गरेकाे नेपालकाे पहिलाे समाबेशी...

April 27th, 2018

बार्सिलोना कोपा डेल रे च्याम्पियन, स्वारेजको दुई गोल

एजेन्सी । स्पेनिस कोपा डेल रे  फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा सेभियालाई ५ – ० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रे को उपाधि जितेको हो । कोपा डेल रे फुटबलमा सर्वाधिक सफल टिम बार्सिलोनाको यो ३०...

April 22nd, 2018

खाजा घरको आवरणमा यौन व्यवसाय, प्रहरी दारा छापा

९ वैशाख, काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो...

April 22nd, 2018