मिसेस ब्यूटी क्वीनको ताज जितेपछि शान्ति लिम्बुको चर्चा चुलियो |

गत हप्ता सम्पन मिसेस ब्यूटी क्वीन 2019 को उपाधि शान्ति लिम्बूले चुमेकी छन् । सिजन मिडियाको आयोजनामा भएको
‘मिसेस ब्यूटी क्वीन २०७५’को ताज
काठमाडौँ धुम्बाराहीकी बहु प्रतिभाशाली नारी शान्ति लिम्बूले पहिरेकी हुन् । कमलादीस्थित प्रज्ञा भवनमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै मिस
लिम्बूले ताजसँगै ‘पर्सनालिटी अवार्ड’समेत हात पार्न सफल भएकी छिन ।


शान्तिले सफल वैवाहिक जीवनका लागि एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ
दिएर निर्णायकको मन जित्न सफल भएकी थिइन् | अति मिलनसार सुन्दरी अनि समाजसेबी भावाना भएकी स्पस्ट वक्ताकि धनि शान्ति लिम्बुले
पाथिभरा च्यानल संगको कुराकानी क्रममा आफ्नो मिहेनत लगनशीलता र आत्म बिस्वासले गर्दा नै मिसेस ब्यूटी क्वीनको ताज जित्न सफल भएको
कुरा बताउनु भयो |

उनि एक सफल ब्युटिसियन पनि हुनुहुन्छ | शान्ति लिम्बुले ब्युटिसियनको कला राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रस्तुत गरिरहेकी
छिन | उनको आगामी दिन सुखद र सफल रहोस पाथिभरा च्यानलको तर्फ बाट शुभकामना छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार