कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मन्त्रीपरिषद् वैठकको निर्णय : दोस्रो चरणको चुनाव अव असार १४ गते…

जेठ १७, काठमाडौं – असार ९ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति फेरि पनि सरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् वैठकले दोस्रो चरणको चुनावको मिति असार १४ गतेका लागि तय गरेको छ ।


मुस्लिम समुदायको पर्व रमझानलाई मध्यनजर गरेर असार ९ गतेका लागि सारिएको दोस्रो चरणको चुनाव अव असार १४ गतेका लागि सारिएको हो । यस अघि जेठ ३१ गतेका लागि तय भएको दोस्रो चरणको चुनाव राजपालगायतका असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन भन्दै असार ९ का लागि सारिएको थियो । तर, असार ९ गते शुक्रवार मुस्लिम समुदायको रमझामका कारण अर्को मितिमा चुनाव गर्ने निर्णय भएको हो ।

मुसलमान समुदायको पवित्र पर्व रमजानको अन्तिम दिन असार ९ गते परेकाले सरकारले निर्वाचन पर सारेको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए ।

हिजो मात्र मुस्लिम सुमदायका प्रतिनीधिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले असार ९ गतेको मितिमा पुनर्विचार हुने बताएका थिए । हिजो नै प्रधानमन्त्री प्रचण्डले चुनावको मिति परिवर्तनवारे निर्वाचन आयोग प्रमुख आयुक्तसँग छलफल गरेका थिए ।

त्यसपछि आज बसेको मन्त्रीपरिषद् वैठकले चुनावको मिति सार्ने निर्णय गरेको हो ।रातोपाटी बाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent