झनै ठुलो संकट थपिदै दार्जिलिङमा,यस्तो छ दुवै पक्षको कठोर अडान ….

भारतमा बस्ने नेपाली भाषीका लागि छुट्टै संघीय प्रदेश माग गर्दै चर्किएको गोर्खाल्याण्ड आन्दोलनविरुद्ध राज्य सरकारले चर्को दमन सुरु गरेपछि गोर्खा जनमुक्ति मोर्चाले सर्वदलीय बैठकको आह्वान गरेको छ।

आन्दोलनको नेतृत्व गरिरहेको मोर्चाले सर्वदलीय बैठक मार्फत् आगामी रणनीति तय गर्ने बताएको छ।

आन्दोलनविरुद्ध बङ्गाल सरकारले चर्को दमन सुरु गरेसँगै अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ भने ३ दर्जनभन्दा धेरै घाइते भएका छन्।

‘दार्जिलिङ पहाडका सबै दलहरुसँग छलफल गरेपछि हामी आगामी बाटो तय गर्नेछौं,’मोर्चा प्रमुख बिमल गुरुङले भनेका छन्।

बाँकी भिडियोमा

मुख्य समाचार