अर्जुन पौडेलको ‘बबाल’ गीतको म्युजिक भिडियोमा एलिसा राई र भिमफेदी गाईजको नृत्य

पाथिभरा च्यानल : गायक अर्जुन पौडेलको ‘बबाल’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा एलिसा राई र भिमफेदी गाईजको उत्कृस्ट अभिनयको साथमा नृत्य देख्न सकिन्छ | गायक पौडेलको आफ्नै युट्युव च्यानल ‘अर्जुन पौडेल अफिसियल’ मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गायक पौडेललाई गायिका मिना निरौलाको साथ दिएकी छिन् । भर्जिन भोइस म्युजिक स्टुडियोबाट रेकर्ड गरिएको यस गीतको शब्द जानु काम्बाङ लिम्बूले लेखेकी हुन् । संगीत मीन बिष्ट र एरेन्ज कुमार थापाले गरेका हुन् ।

अर्जुन पौडेल गीत र म्युजिक भिडियोको चर्चा संगै अब यसै क्षेत्र लाई निरन्तरता दिने सोचमा छन् ।

। म्युजिक भिडियोको छायांकन ज्ञानेद्र शर्मा हुमागाईंले गरेका हुनभने ड्रोन दृश्य छायांकन कमल प्रसाईंले गरेका हुन् ।

म्युजिक भिडियोको सम्पादन तथा भिएफएक्स सुशील न्यौपानेले गरेका हुन् । श्रृङ्गार माही सिंह, र निर्देशन भने निर्देशक सोनाम पाख्रिनले गरेका हुन् ।

गायक पौडेलको स्वरमा सजिएको ‘देखिरहन्छु जहिले, बोलेको छैन कहिले’ बोलको गीत गत अगष्टमा बुढासुब्बा म्युजिकबाट बजारमा आएको थियो । अर्जुन पौडेल गीत र म्युजिक भिडियोको चर्चा संगै अब यसै क्षेत्र लाई निरन्तरता दिने सोचमा छन् । गीतमा अर्जुन लिम्बू, निरञ्जली लामा, अर्जुन पौडेल, निर्मल सुब्बा र सन्तोष आले अभिनित म्युजिक भिडियोले राम्रै प्रतिक्रिया पाएको थियो ।

भिडियो हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent