९ वर्षदेखि केही नखाइ बाँचेका पति पत्नी, यस्तो छ कारण…

एजेन्सी । कहिलेकहीँ उपवास गर्नु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ तर अमेरिकाको एक जोडीले भने ९ वर्षदेखि केही खाएका छैनन् । कहिलेकाहीँ स्वादको लागि केही कुरा खानुका अलावा यो जोडी निराहार नै छ । पति पत्नी दुवै भन्छन् उनीहरुलाई कहिल्यै केही खानुपर्ने आवश्यकता महसुस नै हुँदैन । उनीहरुको दावी छ उनीहरु पोषणको लागि ब्रह्माण्डको ऊर्जा प्रयोग गर्छन् ।

३४ वर्षकी क्यामिले केस्टेलो र उनका पति ३६ वर्षका अकारी रिकार्डो क्यालिफोर्नियामा बस्छन् । यो जोडीको दावी छ उनीहरुले २००८ देखि केही पनि खाएका छैनन् । विगत तीन वर्षदेखि त अन्नको एक दाना पनि खाएका छैनन् । यो जोडीको दावी छ उनीहरुलाइ श्वास प्रश्वासबाट पर्याप्त पोषण प्राप्त हुन्छ । यो पद्धतिलाई ब्रेथरियनिज्म भनिन्छ । यसको पालन गर्नेहरुलाई ब्रेथरियन भनिन्छ ।

यो पद्धतिमा एकै पटक खाना छोडिन्न । उनीहरुले सुरुमा माछामासु खान छोडे । त्यसपति दूध, घिउ मह खान छोडे । त्यसपछि २१ दिनको उपवास बसे । उपवासमा सुरुका ७ दिन केही खाएनन् । त्यसपछि अर्को ७ दिन पानी र पातलो जुस मात्र खाए । त्यसपछि अझै कम पानी र जूस । यसरी उनीहरुले आफूहरु पूर्ण रुपम ब्रेथरियन भएको बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार