स्थानिय निर्वाचन २०७४ ताजा अपडेट…

 

28. डडेल्धुराको एउटा स्थानीय तह अजयमेरु गाउँपालिकामा मात्र मतगणना सुरु । बाँकी तहमा केहीबेरमा सुरु हुने ।

27. उर्लाबारी नगरपालिका, मोरङ (मेयर, उपमेयर)

एमाले ८६\८९
कांग्रेस ६७\४३

माओवादी ३४\४६

 

26. अर्घाखाँचीको मतगणना सुरु भएको छैन । ९ बजेबाट मतगणना गर्ने गरी त्यहाँ तयारी भइरहेको छ ।

25. दाङका राप्ती, दंगीशरण र राजपुर गाउँपालिकामा माओवादी केन्द्र तथा गढवा गाउँपालिकामा एमालेको अग्रता । घोराही र तुलसीपुर उपमहानगर तथा लमही नगरपालिकामा मतगणनाको तयारी ।

24. रोल्पा जिल्लाबाट कांग्रेसले खाता खोल्यो । सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी । वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी । निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओली २२७ मत । माओवादीका खुशलसिंह विकको १९९ मत ।

23. बुटवल उपमहानगरपालिकाको मतगणना बिहान ४ बजेबाट सुरु भएको छ । अहिले वडा नं. १ को मतगणना भइरहेको छ । ८ सय मत गणना सकिएपछि मात्रै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको तयारी छ ।

22. बाजुराको गौमुल गाउँपालिका–६ को वडाध्यक्षमा एमालेका प्रकाश रोकाया विजयी । गाउँपालिका प्रमुख र उपप्रमुखमा पनि एमालेकै अग्रता ।

प्रमुख/उपप्रमुख

एमाले – २७९/२८१

नेपाली कांग्रेस – २८३/२८४

21. बझाङको मस्टा गाउँपालिका वडा नम्बर १ मा एमालेका राजेन्द्र खड्काको प्यानल बिजयी । वडा नम्बर ७ मा पनि एमालेका बमबहादुर बोहोराको प्यानल ।

20. रुकुममा पछिल्लो जानकारी अनुसार २१ वटा मतदान केन्द्रको मतपेटिका संकलन । मतपेटिका जम्मा गर्नेक्रम जारी । आज दिउँसोदेखि मत गणना सुरु गर्ने तयारी ।

19. भद्रपुर नगरपालिका झापामा ५०० सय मत गणना ।

एमाले १८४, माओवादी केन्द्र ८२, राप्रपा ६३, नेपाली कांग्रेस ५६।

18. खाँदबारी नगरपालिका, संखुवासभाको अहिलेसम्मको मत परिणाम–

मेयर/उपमेयर

एमाले – ३८०/३५४

कांग्रेस – ३४६/३८२

माओवादी – २६/२७

17. सुनसरीको भोक्राहामा समाजवादी र बर्जुमा माओवादी केन्द्रको अग्रता

16. बैतडीको पञ्चेश्वर गाउँपालिका–१ मा एमाले विजयी

15. पाल्पाका सबै तहमा ९ बजेदेखि मतगणना सुरु हुने ।

14. बर्दियाका ४ तहमा मतगणना सुरू, सबैमा मोवादी केन्द्रको अग्रता

13. उर्लाबारी नगरपालिका, झापाको २१७ मतकाे गणना सम्पन्न भएको छ । यहाँ एमलेले ‘लिड’ गरिरहेको छ ।

मेयर

एमाले – ८६

कांग्रेस –६७

माओवादी केन्द्र –३४

12. भजनी नगरपालिका, कैलालीको पछिल्लो मत परिणाम प्राप्त भएको छ । प्राप्त परिणामअनुसार, फोरम लोकतान्त्रिकले यहाँ अग्रता बनाइरहेको छ ।

11. कैलालीको बर्दगोरिया गाउँपालिकाको १ सय मत गणना सकिएको छ । १ सय मत गणना हुँदा यहाँ एमालेले अग्रता बनाइरहेको छ ।

प्रमुख

एमाले–४२

कांग्रेस –२४

माओवादी–२३

10. कैलारी गाउँपालिका, कैलालीको १५० मतगणाना हुँदा राप्रपा अगाडि देखिएको छ ।

प्रमुख/उपप्रमुख

राप्रपा– ३६/२५

माओवादी – २८/३०

कांग्रेस – १७/१८

फोरम –७/५

एमाले – १/१

9. दाङका ६ गाउँपालिकामा मतगणना जारी । कांग्रेस, एमाले र माओवादी केन्द्रबीच तीव्र प्रतिस्पर्धा

8. डडेलधुरा अजयमेरुमा माओवादीको अग्रता

7. गन्यापधुरा गाउँ पालिका मा ७ बजेदेखि मत गणना सुरु

शुरु काङ्ग्रेस का नवलसिह मल्लको ३६ एमाले का बिरबहादुर मल्लको १६ मत रहेको छ । अहिले प्रधानमन्त्रीले मतदान गरेको बुथको मतगणना भैरहेको छ ।

6. बैतडीमा मतगणना सुरु, कांग्रेस अगाडी

5. झापामा मतगणना सुरु, माओवादी केन्द्र अगाडी

4. बाजुरा बडिमालिका नगरपालिका वडा नं. १ को मत गणना सकियो
नेपाली कांग्रेसका रामबहादुर कार्की वडा अध्यक्षमा विजयी
५४० मतले विजयी
निकटम प्रतिद्धन्दी एमालेका डिबहादुर बिकको २८३

बाजुरा बडिमालिका नगरपालिका

कांग्रेस मेयर ५३७
उपमेयर ५३७एमाले मेयर २९३
उपमेयर २९०
माओवादी मेयर ४
उपमेयर ४

 

3. संखुवासभा खाँदबारीको मतगणना सुरु, एमाले अगाडी

2. कञ्चनपुरका दुई नगरपालिकामा मतगणना सुरु, कांग्रेस अगाडी

1. नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर १ मा कांग्रेस प्यानल विजयी

कांग्रेस ४७८ विजयी

फोरम ४३६

एमाले २०८

उपाध्यक्षमा

कांग्रेस ५४९ विजयी

फोरम लोकतान्त्रिक २५२

एमाले २२६-न्युज 24 बाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार