ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको चुनाव खर्च ४ लाख, रञ्जु दर्शनाको ३२ लाख !

 Date: 19 July, 2017
काठमाडौंः निर्वाचन आयोगको अनुरोध अनुसार सथानीय तहको निर्वाचनका उम्मेदवारले चुनावी खर्च विवरण सार्वजनिक गर्न थालेका छन्। निर्वाचन ऐन २०७३ ले चुनावको अन्तिम परिणाम आएको तीस दिनभित्र उम्मेद्वारले आफूले गरेको खर्चको विवरण निर्वाचन आयोग समक्ष बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर, त्यो कसैले नगरेपछि आयोगले १५ हजार जरिवाना गर्ने चेतावनी दिएपछि धमाधम चुनावी खर्च सार्वजनिक हुन थालेको हो ।

धेरै उम्मेदवारले चुनाावी खर्चको झुटो विवरण बुझाएका छन् । विवरण अनुसार विवेकशील दलकी मेयर उम्मेदवार रञ्जु दर्शनाले भने ३२ लाख खर्च गरेको विवरण बुझाएकी छिन् । रञ्जुले उम्मेद्वारले प्राप्त गरेको सीमा भित्र रहेर औपचारिक रुपमा चुनावी खर्च विवरण बुझाएकी थिइन । चुनावका बेला गरेको खर्चको तालमेल भने आकाश पालत जस्तै फरक छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले मंगलबारसम्म खर्चको विवरण पेश गरेका छैनन् । उपमेयर हरिप्रभा खड्कीले बुझाएको विवरणमा ७ लाख २४ हजार ५५ रुपैयाँ खर्च गरेको उल्लेख गरेकी छिन् । त्यस्तै ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले चुनावमा चार लाख ३० हजार मात्र खर्च गरेको विवरण पेश गरेका छन् । यसले उम्मेदवार कति पारदर्शी छन् भन्ने गम्भीर प्रश्न उठेको छ ।

Sours : OS Nepal

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार