‘राज्जा रानी’ बन्यो यस बर्षकै सफल चलचित्र , यस्तो छ बिजनेश रिपोर्ट

काठमाण्डौ , १६ माघ ।
लामो समय देखि अघि देखि नेपाली चलचित्र निर्माणमा सक्रिय निर्माता रमेश एम के पौडेलको निर्माण रहेको चलचित्र राज्जा रानि लाइ दर्शकले उल्लेख्य साथ दिएका छन् । नेपाली समाजमा व्याप्त दाइजो प्रथा जस्तो संबेदनसिल बिषय उठान गरेको यो चलचित्र ले नेपाली बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ । आर्यन फिल्मस्को व्यानर निर्माण भएको यो चलचित्र मैथिली भाषामा समेत निर्माण भएको छ । जसको लागी मैथिली भाषाको सर्वाधिकार पनि रिलिज अघि नै बिक्रि भइसकेको छ ।


केहि समय अघि देखि सुस्ताएको नेपाली चलचित्रलाइ चलचित्र राज्जा रानीले दर्शकलाइ हल सम्म तान्न सफल भएको छ । रिलिजको पहिलो साता उपत्यका तथा उपत्यकाका अधिकांक हलमा दर्शक ओभरफ्लो भएका थिए ।
मा पुस २१ बाट प्रर्दशन भएको चलचित्र राज्जा रानि ले हाल सम्म ६ करोड भन्दा बढि ग्रस कलेक्सन गरिसकेको छ भने फिल्मको मैथिली राइट्स नेपाल भित्र २० लाख र भारतको लागी १ करोड ४० लाखमा बिक्रि गरिसकेको छ । यस्तै डिजिटल राइट्स तथा ओभरसिज राइट्स गरेर यो चलचित्रले १० करोड भन्दा बढि आम्दानि गर्ने भएको छ । यसर्थ चलचित्र राज्जा रानिको बिजनेश केलाउने हो भने पछिल्लो केहि बर्ष यता सबै भन्दा बढि आम्दानि गर्ने फिल्म राज्जा रानी हो भन्न सकिन्छ । यो चलचित्रको लगानि १ करोड ५० लाख रहेको निर्माण पक्षको भनाइ छ ।
चलचित्रलाइ याम थापाले निर्देशन गरेका हुन् भने चलचित्रमा केकि अधिकारी , नाजिर हुसेन , कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार