कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

एक्स फ्याक्टर मोडलसमा शालु फोम्बोहाङ लिम्बुले जितिन फस्ट रनरअपको उपाधि

सुत्र मोडलिङ एण्ड आर्ट क्रियसन दारा आयोजित एक्स फ्याक्टर मोडलस ब्युटी कन्टेस्टमा शालु फोम्बोहाङ लिम्बुले फस्ट रनरअपको उपाधि र बेस्ट ड्रेस को टाइटल जित्न सफल भएकी छिन् | गत साता होटल अन्नर्पूर्णमा भब्य कार्यक्रमको बिच कार्यक्रमको आयोजना भएको थियो | कुराकानीको क्रममा शालु भन्छिन उदेश्य त टाइटल जित्नु नै थियो | तर पहिलो प्रयासमा नै फस्ट रनरअप हुन् पाएकोमा खुशी छु |

घर परिवार बाट राम्रो साथ र सहयोग पाएकी शालु आगामी दिनमा अन्य ब्युटी कन्टेस्ट मा पनि सहभागी हुने उनको योजना रहेछ | केहि म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी शालु फस्ट रनरअपको उपाधि बिजेता संगै आफुमा विश्वास र जिम्मेबारी बढेको महशुस गरिकी छिन |

सधै मुस्कुराई रहने स्लिम अग्ली कदकी शालु मोडल र कलाकारमा हुनुपर्ने सम्पूर्ण गुण उनी संग रहेको छ | हाल प्लस टु मा अध्यनरत शालु फोम्बोहाङ लिम्बु मोडल कलाकारिता र पढाइ लाई संग संगै लैजाने उनको योजना छ |

फस्ट रनरअप को उपाधि जिते संगै सुप्र नेशनल इन्टरनेसनल मा सहभागी हुन चाडै नै अन्तर्राष्ट्रिय स्तरको कम्पिडिसनमा सहभागी हुन नेपाल बाहिर पनि जाँदैछिन |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार