टाडा चोरी प्रकरणले फेसबुकको शेयरमा भारी गिरावट

एजेन्सी:  करोडौँ प्रयोग कर्ताको डाटा चोरी खबरको प्रत्यक्ष असर सामाजिक सञ्जाल फेसबुकमा देखिएको छ। प्रयोगकर्ताको निजी सूचना अनधिकृत रुपमा संकलन गरेको आशंकामा अनुसन्धान सुरु भएपछि फेसबुक शेयरमा भारी गिरावट आएको हो।

सोमबार अमेरिकी शेयर बजारमा फेसबुक शेयरमा ८ प्रतिशतसम्म गिरावट आएको स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका क्रममा केम्ब्रिज एनालिटिका नामक फर्मका पूर्व कर्मचारीले करीब ५ करोड फेसबुक प्रयोगकर्ताको विस्तृत विवरण अनधिकृत रुपमा संकलन गरेको आशंकामा अनुसन्धान सुरु गरेको हो।

यसअघि अमेरिकाको म्यासाच्युसेट्सका महान्यायाधिवक्ता माउरा हेलीले फेसबुक र केम्ब्रिज एनालिटिकामाथि अनुसन्धान सुरु भएको बताउँदै उनले फेसबुक र केम्ब्रिजले यस बारेमा जवाफ दिनुपर्ने बताएका थिए। तर फेसबुक र एनालिटिका दुबैले भने आफूहरूले कुनै गल्ती नगरेको दाबी गरेका छन्। आलोचकहरूले फेसबुकमाथि नियमन जरुरी रहेको बताएका छन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार