मोहम्मद नौशाद अब नेपाली चलचित्रमा जनअदालतमा एक्सन नायकको रुपमा आउदै छन्

झापा, काकडभिट्टाका मोहम्मद नौशाद अब नेपाली चलचित्रमा नायक हुने पक्का भएको छ । धेरै म्युजिक भिडियोहरुमा मोडल भएर अनुभव बटुलिसकेका मोहम्मदले फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालिले निर्माण गर्न गैरहेको चलचित्र जनअदालतमा मुख्य अथवा नायकको भुमिका निर्वाह गर्दैछन ! केही वर्षको बिदेश बसाइ पछि नेपाल आएका मोहम्मदले अब नेपाली चलचित्र छेत्रामा राम्रो व्यावसायिक एक्सन नायक बन्ने विश्वास बोकेका छन् ! मार्सल आर्ट खेलाडी पनि भएको कारण एक्सनमा त्यति गार्‍हो नहुने उनी बताउँछन् । त्यति मात्र नभएर मोहम्मद नृत्य, कथा पात्र अनुसार अभिनय गर्न पनि सक्षम छन !
मोहम्मदको अलावा चलचित्र “जनअदालत ” मा उदय सुब्बा , एलोना बास्कोटा, शलेन्द्र थेबे, अजय खड्का, प्रेम आले मगर 
, निशा गुरुङदिल प्रकाश यक्सोको मुख्य भुमिका रहनेछ भने यो चलचित्रमा दन्द राजु किराँती, नृत्य नाराण रिजाल, छायाकन जेडि चक्रावती, सङ्गीत रिशन राई र कथा – निर्देशन दिनेश लिङ्देनको रहने छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार