सर्बोकृस्ट निर्देशकको अवार्ड संगै निर्देशक किशोर सुब्बा रेश प्रदशनको लागि मलेशियामा ब्यस्त

गएको साता विर्तामोड झापामा भब्य रुपले सम्पन एफ एल एफ अवार्डमा लिम्बु भाषाको चलचित्र थोक्ला बाट निर्देशक किशोर सुब्बाले
सर्बोकृस्ट निर्देशकको अवार्ड प्राप्त गरे संगै हाल उहाँ नेपालि चलचित्र रेश को प्रदशनको लागि मलेशिया पुग्नु भएको छ |नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाको प्रमुख आयोजनामा मलेसियाको विभिन्न सहरहरुमा भब्य रुपले प्रदशन हुने क्रम जारि छ |


चलचित्र रेश  च्यारिटी सो आयोजना गर्नुको मुख्य उदेश्य  मलेसियामा विभिन्न कारणले समस्यामा परेका पीडितहरुलाइ  उद्दार, र सहयोग गर्नको लागि हो | मलेसियामा आयोजक तथा दर्शकहरु बाट राम्रो साथ र सहयोग पाइरहेको निर्देशक सुब्बाले फोन मार्फत पाथिभरा च्यानल लाई बताउनु भयो |पुर्बी नेपालको ताप्लेजुंङ फेवाखेलामा जन्मिएका निर्देशक सुब्बा बाल्यकाल देखि नै नेपाली रंगमचमा प्रवेश गरेका हुन् ।

सुब्बादुवारा निर्देशित नाटकहरु भिजेको पछेउरी, दुइथोपा आसु र चिता माथिको लास चर्चित हुन् |निर्देशन र निर्माताको भूमिका निभाउदै आएका सुब्बाले हालसम्म दुई दर्जन भन्दा बढी चलचित्र निर्देशन गरिसकेका छन् ।सुब्बा दुवारा निर्देशित चलचित्रहरु मध्ये मानिस ,सहिदको आमा , ज्वालामुखी,मनै त हो ,माटो निकै राम्रा चलचित्र हुन् |

किशोर सुब्बाले लिम्बु भाषाको चलचित्र आनी साक्थिम लगायत एक  दर्जन चलचित्रको समेत निर्देशन गरिसकेका छन |मलेसिया को सफल  प्रदर्सन पछि यो चलचित्र दुबई , युके, अस्ट्रेलिया, जापान, कतार, ईजराईल,अमेरिका मा पनि प्रदसन हुदैछ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार