एफ एल एफ अवार्ड प्राप्त गरेपछि मेरो जिम्मेवारी अझ बढेको छ | गायक निर्मल सुब्बा
Pathibhara Channel, News portal from Nepal
Pathibhara Channel
शुक्रबार, बैशाख १४, २०७५
| April 27th, 2018 ग्लामर न्युज, ब्रेकिंग न्युज, समाचार
पछिल्लो समय लिम्बु भाषाको गीत तरेमे चासाेक तङनाम अाे चुमिराे… बाेलकाे गीत बाट गायक निर्मल सुब्बाले दर्शक श्रोताको मन जितेका छन् | उक्त गीत फाल्गुनन्द फिल्मस दारा आयोजित एफ एल एफ अवार्डमा उत्कृष्ट सांस्कृतिक भेषभुशा अवार्ड प्राप्त गरेको छ |साथै नेशनल पावर न्युज मिडियाले अायाेजना गरेकाे नेपालकाे पहिलाे समाबेशी म्युजिक अवार्डमा पनि उक्त लिम्बू भाषाको गीत टप १० को मनाेनयनमा पर्न सफल भएको छ ।
जुन गीतको म्युजिक भिडियो हरेक दृष्टिले उत्कृस्ट बनेको छ | गायक निर्मल सुब्बा खुशी हुदै आफ्नो भनाइ यसरी राख्नुहुन्छ आफुले गाएको लिम्बु गीत बाट अवार्ड प्राप्त गर्नु अनि सोहि गीत फेरी अर्को अवार्डमा मनोनयनमा पर्नु यसले मेरो जिम्मेवारी अझ बढाएकोछ |अनि मेरो मिहेनत लगनशीलतार प्रतिभाको कदर पनि गरेको छ |
जुन गीतको शब्द हर्क बहादुर योङहाङ संगीत अशाेक लाेहाेरुङ राई काे रहेकाेछ । उक्त गीतमा हङकङ निबासी मोडल भीम तुम्बाहाम्फे र लक्ष्मी याेङहाङ,सैलेन्द्र थेबे,खुश्बु चेम्जोङ, दिपिका श्रेष्ठ,स्नेहा वनेम लिम्बू र साथीहरूले अभिनय गरेका छन । निर्देशन लाेकेन सांबा लिम्बू काे रहेकाेछ । ड्रेश डिजाइन : सिक्वेन्श फेशनले गरेकाेछ भने ब्याबस्थापन याक्थुङ हाक्पारे पालाम सयङले गरेकाेछ ।
याे गीत लिम्बू समुदायमा निकै चर्चामा रहेकाेछ भने गायक निर्मल सुब्बा लाई यस गीतले अझ उचाइमा पुर्याएको छ | गायक निर्मल सुब्बा यो लिम्बु गीत लाई भिडियो संग्रहको रुपमा डी भी डी मा पनि निकाल्ने तयारीमा हुनुहुन्छ |