ईशा अम्बानीको इंगेजमेन्ट पार्टीमा अमिर खान देखि रणबिर कपूर सम्म

उद्योगपति मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको इंगेजमेन्टमा बलिउड स्टारहरू सहभागी भएका छन् । सोमबार अबेर राति मुकेश अम्बानीको मुम्बईस्थित एन्टिला भवनमा आयोजित भव्य पार्टीमा शाहरुख खान, आमिर खान, रणवीर कपुर, अयान मुखर्जी, करण जौहरलगायत बलिउड स्टार सहभागी भएका थिए ।

 

मुकेश अम्बानी र नीता अम्बानी छोरा आकाश अम्बानीको इंगेजमेन्ट हालै भएको थियो । छोरी ईशाको इंगेजमेन्ट सोमबार राति आनन्द पिरामलसँग भएको हो । आनन्द स्थापित उद्योगपति तथा पिरामल इन्टरप्राइजेजका मालिक अजय पिरामलका छोरा हुन् । छोरीको इंगेजमेन्ट पार्टीमा अम्बानी परिवार खुसी देखिएको भारतीय मिडियामा उल्लेख छ ।

आमिर खान अम्बानी परिवारमा आयोजित हुने पार्टीमा जहिले पनि उपस्थित हुने गरेका छन् । उक्त पार्टीमा करण जौहर परम्परागत पहिरनमा उपस्थित भएका थिए । शाहरुख खान आफ्नी पत्नी गौरी खानका साथ पार्टीमा पुगेका थिए । शाहरुख आकाशको इंगेजमेन्टमा पनि शुभकामना दिन पुगेका थिए । मुकेश अम्बानीका कान्छा भाइ अनिल अम्बानी र उनकी धर्मपत्नी टिना अम्बानी पनि भतिजी ईशाको इंगेजमेन्टमा सहभागी भएका थिए । ईशाको इंगेजमेन्ट पार्टीमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरलगायत अन्य विशिष्ट अतिथिको पनि सहभागिता रहेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार