राजेश पायल राई र गायिका दिपा सुहाङको यसरी ‘ माया बाँझियो ‘ ( भिडियो सहित )

राजेश पायल राई र गायिका दिपा सुहाङको आवाजमा “माया बाँझियो” सन्देश मुलक सामाजिक  गीतको  रेकर्डिङ भएको छ। माया बाँझियो जोत पोत गर्न अाउनु,,,विवशछु समाजले दिदैन मैले कहाँ धाउनु। पल्क्यो झर्क्यो खान्छ के खान्छ,,,मतलव छैन समाजले के भन्छ। यस गीतलाई सरलीकरण तथा साधारण शब्दभित्र असाधारण अर्थ र परिभाषामा अर्थ्याउन सकिन्छ। सामाजिक,सहित्य र माया-पिरती शब्दलाई अन्तरघुलन(फ्युजन) गरि सरल शब्द भाषा प्रयोग गरि समाजले बुझ्ने बुझाउने समाजभित्रका दृष्य-अदृष्य घट्ना घटिरहने घट्नाहरुलाई विशेष गरि चित्रण गरिएको छ।
मन र माया बाँझिए पछि कुनै पनि व्यक्ति परिवार र समाजमा के के घटनाहरु हुनसक्छ त ?  हो ! माया/मन बाँझिन सक्छ ! व्यवहार बाँझिन सक्छ !! बाली-नाली ( खेती-पाती) बाँझिन सक्छ। सबै-सबै बाँझिए पछि भुसको अागो झै भित्रभित्रै सल्किन सक्छ, पल्किन सक्छ र झर्किन सक्छ। यश पश्चातको परिणाम के हुनसक्छ त ? मान्छे परिवन्द,वि-बन्द र वाध्यतात्मक सृजनाले व्यक्ति,परिवार र समाज तपाईं हामीले नसोचेको परिणाम निस्कि उ र उनी फरकढंगले देखा पर्न सक्छ। जो विकृती या वाध्यताले समाज वहिस्कृत अनुभूति उनी जेपनि गर्न तयार हुन्छ। जब सम्झाउने प्रयास हुन्छ तब उनी पल्किसकेको हुन्छ र उ झर्किरहन्छ। यो समाजको नियत र नियम हो। देखेर पनि भन्न नसकिने,थाहा भएर पनि भन्न नसकिने समाजका विकृती-विसंतीलाई गीत मार्फत सचेतना गराउने मुख्य उद्देश्य यस गीतको लक्ष्य रहेको छ। यस गीतको शब्द/रचना इतिहास अन्वेषक हर्कबहादुर योङहाङ(लिम्बू) को रहेको छ। गायक/गायिका राजेश पायल राई र दीपा सुहाङ र संगित विकास चौधारीको रहेको छ। संयोजन भुमिका सुसन साम्सोहाङ ज्युमार्फत एक्सन रेकर्डङ अनामनगर काठमाण्डौमा भएको छ। समग्रमा यश गीतले समाजलाई सचेतना गराउदै सहि बाटोमा डो-याउनका को लागि सन्देश दिने छ | 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार